logo
२०८० चैत्र १६ शुक्रवार



स्वास्थ्य मापदण्डका साथ सिकाली जात्रा

खुला |


स्वास्थ्य मापदण्डका साथ सिकाली जात्रा


यलु जोशी

ललितपुर, कात्तिक ७ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण उपत्यकाका अधिकांश जात्रा पर्व स्थगित भए पनि खोकनाको सिकाली जात्रा सुरु भएको छ ।
यो जात्राका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डभित्र रहेर नचाइने तयारी भएको ललितपुर महानगरपालिका–२१, खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले जसरी आम नेपालीका लागि बडादशैँ महोत्सवको महìव छ । त्यस्तै खोकनावासीका लागि इष्ट देवताका रूपमा मानिने रुद्रायणी भवानी देवी जात्रा महोत्सव रहेको जानकारी दिनुभयो ।
महर्जनले जात्रासँग सम्बन्धित गुठियारहरूको सल्लाह अनुसार नाचलाई यथावत् रूपमा निरन्तरता दिने निर्णय भएको बत(ाउनुभयो । गुठियारहरूले एक पटक नाच रोकेपछि सदाका लागि बन्द गर्नुपर्ने नाचको नियम रहेको बताएको जानकारी दिँदै उहाँले भन्नुभयो, “जात्रामा पाहुनालाई निमन्त्रणा र भीडभाड नगर्ने, नाचमा अत्यावश्यक गुठियारहरू मात्र सम्मिलित भएर सम्पन्न हुनेछ ।”
उहाँले गुठियारहरूलाई सेनिटाइजर, मास्क, ग्लोब्सको व्यवस्था गरिसकेको जानकारी दिनुभयो । रुद्रायणी गुठीका बैदार बेखनर महर्जनले यो नाच सांस्कृतिक बाजागाजासहित जात्रा गर्नु मात्र हो, यो देश रक्षा गर्ने यहाँको परम्परा पनि हो ।” जात्राको सुरुवात आश्विन शुक्ल प्रतिपदा घटस्थापनाको दिनदेखि नै हुन्छ भने दशैँको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनमा रुद्रायणी स्कुलअघि राँगाको बलि दिएर जात्रा गर्ने गरिन्छ ।
हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन रहेको गुठियार महर्जनले जानकारी दिनुभयो । उहाँले मङ्गलबार गुठियारहरू बसी प्रसाद खाई गुठीमा ‘छोयला बु’ मनाएको बताउनुभयो ।
‘छोयला बु’ नेवारहरूको जात्रा मनाउनुअघि अनिवार्य मनाउने चाड हो । यस दिन राति तीनै गुठीमा तान्त्रिक विधि अनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने चलन छ । पञ्चमीको दिन बुधबार मूल जात्रा भनी खट जात्रा भएको छ ।
बिहीबार (षष्ठी)को दिन रुद्रायणी गुठियारहरू सिकाली चौरमा मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा धार्मिक मान्यता अनुसार अश्वमेघ यज्ञमा सहभागी हुन्छन् । यो नै मुख्य आकर्षणका रूपमा लिने गरिएको वडा अध्यक्ष महर्जनले बत(ाउनुभयो ।
उहाँले चौरमा नृत्यमार्फत देवगणले यज्ञमा सतीदेवी होमिँदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंश गरेको दृश्य देखाउने बत(ाउनुभयो ।
सप्तमीका दिन खोकना तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याँख)का रूपमा लिइन्छ । जुन जात्राको मुख्य रौनकका रूपमा लिइन्छ । रुद्रायणी देवता मण्डलले खोकनामा तः गुठी, सालाः गुठी, जउँ गुठीसँग मिलेर सिकाली जात्रा निकाल्ने गर्छ ।
तृतीयादेखि सुरु हुने जात्रा षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधकसहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?