logo
२०८१ बैशाख ८ शनिवार



रूसमा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए

अन्तर्राष्ट्रिय |


रूसमा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए
तस्विर-फाइल


मस्को, कात्तिक ४ गते। रूसमा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रूसमा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन् ।
कोरोनाभाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा कोभिड–१९ का संक्रमितहरु देखिएका छन् । सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । यहाँ झण्डै पाँच हजार व्यक्ति संक्रमित भएको पाइएको छ । सेन्ट पिटसबर्गमा ६९५ र मस्को क्षेत्रमा ४२६ जनामा कोभिड–१९ देखिएको छ ।
रूसमा विगत २४ घण्टाको अवधिमा २६९ जना संक्रमितको मृत्यु भएको छ र यो अघिल्लो दिनभन्दा १७९ ले बढी हो । रूसमा हालसम्म कोभिड–१९ को संक्रमणबाट २४ हजार ६३५ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?