logo
२०७७ कार्तिक ६ बिहीवार

सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ   

खुला |
समाज |


2020-10-17-24933
सांकेतिक तस्बीर


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । आफ्नै सहकर्मीको हत्या गरेर फरार रहेका अभियुक्तलाई केन्द्रीय अनुशन्धान व्यूरो९सिआइबी०ले पक्राउ गरेको छ । २०६६ वैशाक २८ गते ललितपुरको तत्कालीन झरुवारासी गाविस वडा नं ३ मा हालको गोदावरी नगरपालिका वडा नं १३ स्थिी आरएम इट्टा उद्योगमा काम गर्ने जिल्ला मकवानपुर कोगटे गाविस वडा नं ५ हालको भिमफेदी नगरपालिका वडा नं ८ घर भएका ३६ बर्षका डिलबहादुर योञ्जनको हत्यामा संम्लग्न दुई जनालाई सिआइबीले पक्राउ गरेको हो ।
सुत्ने कोठामा कोदालीको बिडले हानेर कुटपिट गरेर घाइते बनेका उनको उपचारको क्रममा २०६६ वैशाख ३१ गते बीर अस्पतालमा मृत्यु भएको थियो । सो घटनामा संम्लग्न अभियुक्तहरु भिमसेन थापामगर र रामकृष्ण चुनीमगर साे घटनाकाे केही  समय पछि भागी फरार भइ भारतमा पुगेर लुकिछिपी भएर बसेको समयमा प्रहरीले नेपाल भारतको सिमाना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ जमूनाबाट पक्राउ गरेको हो ।
अभियुक्तहरु घटना सामान्य बिषयमा भएको झगडाको कारण घटेको खुल्ल आएको सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले जानकारी दिनुभयो ।
आफैसँग काम गर्ने सहकर्मी घाइते भएपछि ललितपुरबाट हेटौडासम्म पैदलै गएर, हेटौडाबाट ट्रकमा चढेर रक्सौलाको नाका हुँदै भारतको नयाँ दिल्लीमा गएर आफ्नो वास्तविक परिचय समेत परिर्वतन गरेर भारतीय आधार कार्ड समेत बनाई, रामकृष्ण चुनीमगर प्लाष्टिक कारखानामा काम गर्ने, र भिमसेन थापा मगरले अटो रिक्सा चलाउने गरेको र मामा भान्जा नाता पर्ने दुवै जनाले श्रीमती र छोराछोरी समेत उतै लगेर राखेको विशेष सूचना परिचालनको आधारमा असाेज ३० गते उनीहरुलाई पक्राउ गरेर महानगरीय प्रहरी बृत्त चापागाउँमा पठाइएको डिआइजी थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?