logo
२०८१ बैशाख ११ मंगलवार



स्याङ्जा  साम्दीमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु   

खुला |


स्याङ्जा  साम्दीमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु   
सांकेतिक तस्बीर


वालिङ, कात्तिक १ गते। स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।    
    
 ग१त ५६३७ नंको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ ।    
    
 दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?