logo
२०८१ बैशाख १२ बुधवार



‘विपद् न्यून गर्न सहकार्य’

मुख्य समाचार |


‘विपद् न्यून गर्न सहकार्य’


चाँदनी हमाल

काठमाडौँ, असोज २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) र अन्य विपद्का सम्बन्धमा विश्व व्यवस्थाकै बारे नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभएको छ । “मानव समाज, देश, राज्यका सीमाभन्दा माथि मानवीय सम्बन्ध र एक अर्काको भविष्य कति अन्तर सम्बन्धित छ भन्ने कुरा बुझ्नुपर्ने र तद्अनुसार नयाँ विश्व व्यवस्था र सामूहिक मानवतावादी विश्वतर्फ जानुपर्ने अवस्थाले झक्झकाएको छ”, उहाँले भन्नुभयो ।
विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्य मञ्चले मङ्गलबार आयोजना गरेको बेविनारलाई सम्बोधन गर्दै उहाँले कोभिड न्यूनीकरण गर्न साझा सहकार्यको आवश्यकता औँल्याउनुभएको हो ।
नेपाल यतिबेला आक्रान्त रहेको चर्चा गर्दै उहाँले यो भाइरस विश्वव्यापी महामारीका रूपमा आइरहेको चर्चा गनर््ुभयो । यसले मानव जातिमा एउटा ठूलो विकराल विपद् सिर्जना गर्दै मानिसलाई आतङ्कित बनाएको उहाँको भनाइ थियो । मानिसको जीवन कष्टकर बनाउने र जीवन नै लिने सक्ने भएकोमा उहाँले ध्यानाकर्षण गराउनुभयो । “अर्थतन्त्रमा गम्भीर रूपमा क्षति पु¥याएको छ, आधुनिकीकरण, समृद्धि, सामाजिक न्याय, समानता र सुखको भागबण्डा गर्ने आकाङ्क्षा तर्फका हाम्रा प्रयासमा गम्भीर धक्का दिएको छ’’, प्रधानमन्त्रीले स्पष्ट पार्नुुभयो ।
यस वर्ष नेपालमा ‘विपद् जोखिममैत्री सुशासन ः सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ नाराका साथ यो दिवस मनाइएको छ । दिवसले जोखिम न्यूनीकरण गर्नेतर्पm प्रभावकारी कदम चाल्न, नीति तर्जुमा सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव लिएर अझ प्रभावकारी नीति निर्माण गर्न सहयोग पु¥याउने र अझ प्रभावकारी कार्य सञ्चालन गर्न अनुभव प्राप्त हुने कुरा व्यक्त गर्नुभयो ।
विपद् समाधान गर्न सन् २०१५ मा बनाइएको विश्वव्यापी लड्ने रणनीति र त्यही समयदेखि सुरु भएको दिगो विकासका लक्ष्य २०३० सँगसँगै जोडिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुुभयो । ती लक्ष्य पूरा गर्न नेपालले २०७५ मा विपद् जोखिम न्यूूनीकरण गर्न राष्ट्रिय नीति तर्जुमा र २०३० सम्मको राष्ट्रिय रणनीति तय गरेको जानकारी उहाँले दिनुभयो । केन्द्र सरकार, प्रदेश र स्थानीय तह सबैमा केन्द्रले तय गरेका नीति र रणनीति प्रवाह गर्न सबै तहमा जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो । सरकारी र गैरसरकारी संस्थासँग सहकार्य गरेर अगाडि बढेको अवस्थामा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोग र तत्परताको अपेक्षा राखेको उहाँले उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ, अन्य सङ्घसंस्था र त्यस मातहतका विपत्ति न्यूनीकरण र वातावरणीय पक्ष जोडिएका सङ्घसंस्थासँग विश्वव्यापी सहकार्य गर्न नेपालले चाहेको बताउनुभयो । भुइँचालो, आगजनी, सामुद्रिक आँधी, ज्वालामुखी, तुफान लगायत फरक स्वरूप रहे पनि विपद् विश्वको साझा समस्या भएको उहाँले सुनाउनुभयो ।
विज्ञान प्रविधिको क्षेत्रमा अनुमान र पूर्वानुमान गर्न सक्ने परिस्थितिमा रहे पनि प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरण गर्न नसकेकै कारण जोखिम बढिरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । उहाँका अनुसार जमिन, हावापानी, अग्निबाट उत्पन्न हुने प्राकृतिक विपत्ति रोक्न नसकिने तर अनुकूलित हुनुपर्ने अवस्था छ । अर्कोतर्फ मानव सिर्जित कार्यबाट उत्पन्न हुने समस्या कसरी समाधान गर्ने त्यो हेर्नुपर्ने हुन्छ । बाटो पिच गर्छौं, हवाइजहाज उडान, सहरीकरण, गाडीको चापका कारण व्यापक मात्रामा कार्बन बढ्छ । जसले ओजोन तहमा समस्या पैदा भएको छ । यी सबै कारणले प्राकृतिक विपत्तिका निम्ति अनुकूल वातावरण बनिरहेको र त्यसलाई न्यूनीकरण गरिनुपर्ने अवस्था छ ।
प्रधानमन्त्रीले ग्लोबल वार्मिङका कारण हिमाल पग्लने र त्यसबाट हिमालले सिर्जना गर्ने रिचार्ज सिस्टममा असर परेकाले त्यसतर्फ ध्यान पु¥याउन र गम्भीर हुन आग्रह गर्नुभयो । उहाँका अनुसार यसका लागि सरकारका साथै संयुक्त राष्ट्रसङ्घ जस्ता साझा संस्था जिम्मेवार हुन जरुरी छ । स्वच्छ वातावरण सिर्जना गर्ने हिमाल, समुद्रमा सङ्कट पैदा भएको छ । हिमाली देश र साना टापु देशमा बढी जोखिम बढाउने काम गर्छ ।
“हामीले जोखिम न्यूनीकरण गर्न बाहिरबाट मलम दलेरभन्दा भित्र कहाँ किन दुख्यो खोजेर उपचार गर्नुपर्छ, के भएर दुख्यो, समस्या कहाँ छ भनेर भित्र जरा र उत्पत्तिको कारणबाट जोखिम पत्ता लगाउनुपर्छ,” उहाँले भन्नुभयो । भूकम्प प्रकृतिको उपज रहेको उदाहरण दिँदै उहाँले भन्नुभयो, “जमिनभित्र पैदा भएको र सङ्घर्षणले पैदा भएको ऊर्जा कही ज्वालामुखी र कहीँ भूकम्पका रूपमा प्रकट हुने गर्छ । यी कुरा रोक्न नसकिए पनि मानवका कारण सिर्जित विपत्ति रोक्न सकिने र न्यूनीकरण गर्न सकिन्छ ।”

नौ हजारको ज्यान जाने गरी गएको सन् २०१५ को भूकम्पको स्मरण गर्नुहुँदै उहाँले शनिबार दिउँसो भएकाले मानवीय क्षति कम हुन पुगेको औँल्याउनुभयो । त्यस पछिको पुनर्निर्माण सफल हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । अबको संरचना सुरक्षित बनाउन सरकार लागिपरेको बताउँदै उहाँले विद्यालय शिक्षादेखि

वातावरण, प्राकृतिक विपत्ति कसरी आउन सक्छ भन्ने ज्ञान दिन यस्ता विषय पाठ्यक्रममै समावेश गर्न सुझाउनुभयो ।
संरक्षित विश्व, सुरक्षित धर्ती, बस्न लायकको घर, समृद्ध र न्यायपूर्ण धर्ती, सभ्य मानव समाज र सुखी मानव जातिका निम्ति काम गर्छौं । राष्ट्रिय आकाङ्क्षा समृद्ध नेपाल सुखी नेपाली बनाउन एकजुट भएर प्राकृतिक विपत्ति न्यूनीकरण गर्न आग्रह गर्नुभयो । अबको सम्पूर्ण विकास प्राकृतिक विपत्तिको सम्भावनामा ध्यान दिँदै त्यसमा न्यूनीकरण गर्न जोड दिनुभयो । सरकारको नीति अब सुरक्षित बस्ती, एकीकृत बस्ती, विकासका लागि अनुकूल बस्ती र सुविधासम्पन्न बस्तीका लागि काम गरिरहेको उहाँले बताउनुभयो ।

पुनस्र्थापना छिट्टै ः गृहमन्त्री
सोही बेविनारमा गृहमन्त्री रामबहादुर थापाले विपद् पीडितको पुनस्र्थापना कार्य छिट्टै सुरु हुने बताउनुभयो । भर्खरै सम्पन्न कार्यसमितिले कार्यविधि पारित गरेको जानकारी दिँदै उहाँले छिट्टै पुनर्निर्माण र पुनस्र्थापनाको काम अगाडि बढ्ने जानकारी दिनुभयो । त्यसका लागि उहाँले सम्बद्ध निकायलाई सहयोगका लागि अपिल गर्नुभयो । यसवर्ष देशका ४९ जिल्लामा बस्ती जोखिममा परेको र हजारौँ आवास क्षतिग्रस्त भएको जनाउँदै हिउँदअघि नै निजी आवास निर्माण गरिसक्नुपर्नेमा उहाँले जोड दिनुभयो । हिउँदमा आउने फरक विपद्को तयारी गर्नुपर्ने हुँदा काम छिटो सक्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले विपद्का क्रममा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक रिचार्ड हवार्डले विपद् व्यवस्थापन र न्यूनीकरण गर्न नेपालले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । नेपालका लागि दिगो विकासको कार्यसूूची २०३० को विपद्मैत्री पूर्वाधार र कृषि अबको आवश्यकता रहेको औँल्याउँदै विपद् र कोभिडले उत्पन्न आर्थिक सङ्कट सामना गर्न यसले सघाउने जनाउनुभयो ।
कार्यक्रम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्की, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जिताराम लामा लगायतले विपद् जोखिम न्यूनीकरण गर्न भएका कार्ययोजनाको पूर्णकार्यान्वयन पहिलो प्राथमिकतामा रहेकोमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?