logo
२०८१ बैशाख १२ बुधवार



रेडक्रसद्वारा श्वेतपत्र जारी

समाज |


रेडक्रसद्वारा श्वेतपत्र जारी


शिवा तामाङ

काठमाडौँ, असोज १२ गते । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको नवगठित समितिले संस्थाको श्वेतपत्र जारी गरेको छ ।
सोसाइटीको निर्वाचन यही असोज २९ र ३० गते हुने जानकारीका साथ श्वेतपत्र जारी गरी संस्थाको अवस्था सार्वजनिक गरिएकोे हो । श्वेतपत्रले संस्थाको आर्थिक अवस्था पनि प्रतिविम्बित गरेको छ । सोसाइटीद्वारा आइतबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष डा. नेत्र तिम्सिनाले रेडक्रसको समग्र अवस्थाबारे श्वेतपत्र जारी गरी सबैलाई जानकारी दिनु जरुरी भएको बताउनुुभयो । केन्द्रीय समितिको निर्वाचन हुने मिति तय भइसकेकाले अब संस्था सुुधारतिर जाने उहाँले बताउनुुभयो ।
उहाँले संस्था नवीकरणका लागि जिल्ला शाखालाई आवश्यक कागजात उपलब्ध गराउन पत्राचार भइसकेको, कर चुक्ता, समाज कल्याण परिषद्मा स्वीकृति, अनुमोदन तथा अनुगमन जस्ता कानुनी, वैधानिक विषयमा रहेका समस्या टुङ्ग्याउन समिति लागिपरेको जानकारी दिनुभयो ।
समितिले सोसाइटीको स्थिर सम्पत्तिको अभिलेखीकरण, रगतको माग र आपूर्तिमा सामञ्जस्य, संस्थामा सुशासन कायम गराउने पहलस्वरूप पदाधिकारी तथा सदस्यहरूले बैठक भत्ता नलिने र स्वयंसेवक तथा कर्मचारीलाई रेडक्रसको आचारसंहिता पालनामा सुनिश्चितताको अभ्यास सुरु गरिएको बताउनुभयो ।
श्वेतपत्रमा संस्थाको आर्थिक अवस्था र स्रोतसाधनको प्रयोग शीर्षकमा संस्थाका कोषहरूमध्ये पँुजी कोषमा १७ करोड ५८ लाख रुपियाँ, अक्षय कोषमा चार करोड ६२ लाख रुपियाँ, सञ्चालन प्रकृतिका कोषमा ५५ करोड ६० लाख रुपियाँ, राहत तथा अन्य सामग्रीका लागि सञ्चित कोषमा २३ करोड ६९ लाख रुपियाँ, प्राथमिक उपचार कोषमा एक करोड ४४ लाख रुपियाँ, उपदान कोषमा १८ करोड ९१ लाख रुपियाँ र आय–व्यय सञ्चित कोषमा १४ करोड ४५ लाख रुपियाँ छ ।
सोसाइटीको केन्द्रीय रक्त सञ्चार सेवामा आर्थिक वर्ष २०७१÷७२ देखि २०७५÷७६ सम्ममा आम्दानी २८ करोड ३४ लाख र ३५ करोड ८९ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?