logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह   

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह   
तस्विर-फाइल


न्युयोर्क , असोज ८ गते।    
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।    
राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।    
उहाँले अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पु¥याउन उहाँले सो आग्रह गर्नुभएको हो । राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताउनुभयो ।    
राष्ट्रपति असरफ घानीले भन्नुभयो– हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ ।   

हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानीहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ । राष्ट्रपति असरफ घानीले वार्ता गरेर मात्र हुदैन र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको छ उहाँले भन्नुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?