logo
२०८० चैत्र १६ शुक्रवार



घाम डुबेपछि ‘मोबाइल अफ’

खुला |


घाम डुबेपछि ‘मोबाइल अफ’


सलिम मियाँ

बिजुवार, भदौ ३० गते । घाम डुबेसँगै प्यूठानका दुर्गम क्षेत्रमा टेलिफोन सेवा बन्द हुने गरेका छन् । विद्युत् विस्तार नभएका नौबहिनि, गौमुखी र झिमरुकगाउँपालिका क्षेत्रमा टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । यी क्षेत्रमा मोबाइल टावर स्थापना गरिए पनि प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।

बेलुकी घाम डुबेपछि विहान ८ बजे भन्दाअघि दुर्गमबासी सञ्चारबाट विच्छेद हुने गरेका छन् । गौमुखी १ का वडाअध्यक्ष मानबहादुर थापाले साँझ घाम डुबेपछि टावर पनि हराउने बताउनुभयो । ’इन्टरनेटको त कुरै छाडौँ, घाम नलाग्दा फोन समेत गर्न पाइँदैन ।’ थापाले भन्नुभयो,’ खबर आदानप्रदानमा समेत समस्या छ ।’

फोन गर्नुपर्ने भए डाँडा चहार्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । जिल्लाका चार स्थानका विटिएस टावर सोलरको भरमा सञ्चालन हुँदै आएको छ । नेपाल टेलिकम प्युठान शाखाका प्रमुख प्रकाश श्रेष्ठले टावरमा सोलार ब्याट्री चार्ज नभएर सेवा अवरुद्ध हुने गरेको बताउनुभयो । ‘विद्युत कै कारण सेवा प्रभावकारी हुन सकेको छैन ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार गौमुखी र झिमरुक गाउँपालिका क्षेत्रका टेलिकमका सेवाग्राही आठ हजारभन्दा बढी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?