logo
२०८० चैत्र १६ शुक्रवार



बागलुङमा सात स्वास्थ्यकर्मीसहित १४ जनालाई संक्रमण

प्रदेश |


बागलुङमा सात स्वास्थ्यकर्मीसहित १४ जनालाई संक्रमण


नवीन शिशिर विक

बागलुङ, असोज ५ गते । बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा एकै दिन सात जना स्वास्थ्यकर्मीसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको स्वाव परीक्षणको क्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मी बजार क्षेत्रमा रहेका बैक, मासु पसल, इलेक्ट्रोनिक्स पसल संचालकलाई संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका २४ बर्षिय महिला, ३३ बर्षिय पुरुष, २८ बर्षिय महिला, ३३ बर्षिय पुरुष, २१ बर्षिय महिला स्वास्थ्यकर्मी, स्थानीय निजी मेडिकलहलमा कार्यरत ४२ बर्षिय महिला, १९ बर्षिय महिला स्वास्थ्कर्मी, २८ बर्षिय बैंक कर्मचारी, २४ बर्षिय मासु व्यवसायी, ३१ र ५८ बर्षिय इलेक्ट्रोनिक्स व्यवसायी, ३१ बर्षिय होटल व्यवसायी पुरुष र भारतदेखि आएका ३० बर्षिय र ३१ बर्षिय पुरुषलाई संक्रमण भएको छ ।
संक्रमित मध्य केही समुदायस्तरका परीक्षण्बाट पहिचान भएका हुन भने केही कन्ट्याक्ट ट्रेसिङ्गमा परेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ्गका प्रमुख डाक्टर मिलन मल्ल ठकुरीले जानकारी दिनुभयो । समुदायस्तरमा संक्रमण पहिचान भए पछि बजार क्षेत्रको चहल पहलमा कडाई गर्नुपर्ने उहाँको भनाई छ । समुदायस्तरका ६९ जनाको स्वाव परीक्षण गर्न पठाइएको थियो ।
संक्रमितलाई लक्षणको अवस्था हेरेर आइसोलेसन, प्रिआईसोलेसन कहाँ राख्न भन्ने बारे निर्णय गरिने छ । अधिकांसलाई बुर्तिवाङ क्षेत्रकै प्रि–आईसोलसन तथा आइसोलेनमा राखिने छ । बागलुङमा हालसम्म ३४८ जनालाई संक्रमण भएको छ । ति मध्ये २९५ जना निको भएर घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?