logo
२०८१ बैशाख ८ शनिवार

  तीनधारा झरना फलोअप  



पाँचदशक अघि नै पहिचान थियाे, एकाएक चर्चामा, सरकारी टोली जाँदै

पर्यटन |


पाँचदशक अघि नै पहिचान थियाे, एकाएक चर्चामा, सरकारी टोली जाँदै
तस्बिरः केशब पाैडेल


केशवराज पौडेल
काठमाडौं, असोज ४ गते । रोशी गाउँपालिका वडा नं २ का ५८ वर्षीय सनमान तामाङले तेमालको नारायणथान जात्रामा मात्रै यति धेरै मान्छे देखेका थिए । ‘एक महिना भयो हाम्रो गाउँमा तेमालको नारायणथान जात्रामै जति मान्छेहरु आइरहनुभएको छ’ सनमान भन्नुहुन्छ ।
आफ्नो गाँउको झरना मोवाइलकै कारणले चर्चामा आएको सनमान बताउनुहुन्छ । उहाँले यत्रो समयपछि मोवाइलकै कारण झरना व्यापक प्रचारमा पुगेको उहाँले बताउनुभयो ।
‘हामीले गाउँमा पानी खान ल्याएको छाँगो हेर्न यत्तिका मान्छे आउलान् भनेर मैले सपनामा सोचेको थिइन’ सनमानले सुनाउनुभयो । उहाँ पनि एउटा छाप्रो बनाएर व्यापार सुरु गर्ने बताउनुहुन्छ ।


काम खोज्न सहरतिर जानुभन्दा यतैतिर बाटो बनाउन सके यसले हाम्रो गाउँको मुहारै पो फेर्नेरहेछ । २०२८ सालमा पर्यटन विभागमा काभ्रेपलाञ्चोक जिल्लाको शिखरआम्बोटे गाविस वडा नं ८ मा रहेको तीनधारा झरना पर्यटकीय सम्पदामा सुचिकृत थियो । २०२८ सालमा पहिचान भएको सो तीनधारा झरनाको प्रचार हुनै सकेको थिएन । पंञ्चायतकालमै पर्यटन विभागमा पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत तीनधारा झरना केही समयदेखि चर्चामा छ ।
पंञ्चायतकालपछि प्रजातन्त्र स्थापनापछि शिखरआम्बोटे गाविस हुँदै अहिले स्थानीय तहको पुनः संरचनापछि रोशी गाउँपालिकामा पर्ने तीनधारा झरना यतिबेला सामाजिक संञ्जालमा सबैभन्दा चर्चित(भाइरल)नै बनेको छ ।

याे पनि पढ्नुहाेस्

  जाने हाेइन त हेर्न तीनधारे झरना (फोटो फिचर)


रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल २०२८ सालमै तीन धारे झरना पर्यटन विभागमा सुचिकृत भएको बताउनुभयो । केही समयदेखि चर्चामा रहेको सो झरनासम्म पुग्न सडक, भरना क्षेत्रमा रेलिङ लगायतको व्यवस्थापनमा गाउँपालिकाले पहिलो चरणमा पाँच लाख रुपियाँ विनियोजन गरेको दाहालले बताउनुभयो ।
रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले पूर्वाधार विकासमा एक्लैले केही गर्न नसक्ने भएकाले प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर यसको प्रचार एंव भौतिक पूर्वाधारको विकासमा सहयोगको माग गरेको उहाँले बताउनुभयो । तीन धारे झरनालाई व्यवस्थित पार्दै यसलाई गाउँपालिकाको आम्दानी हुने प्रमुख स्रोतको रुपमा विकास गराउन आफूहरुले प्रयास थालेको अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।


विभागको टोलि पर्यटन विकासको लागि के के गर्न सकिन्छ भनेर जानकारी लिन सो झरना भएको स्थानमा आउन लागेको तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाका स्वकीय सचिव सुरेशप्रसाद हुँमागाईले बताउनुभयो ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सह–प्रवक्ता राजन पौडेल ओझेलमा परेको पर्यटकीय क्षेत्रको विकासमा आफूहरुले सहयोग गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, गाउँपालिकाले डिपिआर गरेर आएमा त्यसको सहयोग गर्न आफू तयार रहेको बताउनुहुन्छ ।
उहाँले डिपिआर बनेर आएमा धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासमा तीन धारे झरनाको विकास गर्न सकिने बताउनुहुन्छ । लकडाउनमा उकुसमुकुस भएका काठमाडौं उपत्यका मान्छेहरुले नजिकको झरना देखेर त्यसको प्रचार भएको बताउनुभयो । उहाँले तीन धारे झरनाको विकासमा पर्यटन मन्त्रालयले आवश्यकता तथा मागको आधारमा विकास गर्ने उहाँले बताउनुभयो ।

एक लाख पर्यटक भित्रिए
सामाजिक संञ्जालमा भाइरल बनेको झरना हेर्न दैनिक तीन हजारसम्म पर्यटक तीन धारे झरना पुग्ने गरेका छन् । एक महिनाको समयमै एक लाखभन्दा धेरै पर्यटक झरना पुगिसकेको वडाअध्यक्ष मिलन लामाले बताउनुभयो ।
एक जना पर्यटक तीन पटकसम्म झरनामा आएका छन् । उनीहरु नजिकै भएको र पर्यटकीय ठाउँ भएकाले झरनामा पुगेको बताउँछन् । धेरैले काभ्रेको पर्यटकीय ठाउँको रुपमा धुलिखेल तथा नगरकोट सम्झने भएपनि अब सो स्थान नयाँ पर्यटकीय स्थलको रुपमा विकास भएको अध्यक्ष लामा बताउनुहुन्छ । उहाँले गाउँपालिकाको टोलिले स्थलगत निरीक्षण समेत गरेको त्यहाँको विकासमा सहयोग गर्ने बताउनुभयो ।


तत्कालै गाभ्रेल गरिने
फलामेसाँघुदेखि चिप्लो रहेको सडक १२ महिनानै संचालन गराउने उदेश्यले गाउँपालिकाले तत्कालै कटिङ गर्ने र ग्राभेल गर्ने काम अघि बढाउने रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले बताउनुभयो । उहाँले चर्चामा रहेको सो झरनाको विकास गर्ने, होटल तथा रिर्सोेटहरु संचालन गर्न कार्यहरु सुरु भैसकेकाले व्यवस्थित बनाउन प्रयास भैरहेको उहाँले बताउनुभयो ।
हिउँदमा सुक्दैन
हिउँदामा सुक्ने भनेर प्रचार भए पनि झरना १२ महिनानै बग्ने वडा नं २ का अध्यक्ष पोेते लामा बताउनुहुन्छ । यो झरना सबै महिना एक नासले बग्छ उहाँले भन्नुभयो । अहिले हिउँदमा बग्दैन भनेर प्रचार गरेको जस्तो हैन महाभारतको लेकमा भएकाले हिउँदमा अहिले भएको भन्दा सानो हुने भएपनि मनमोहक भएर बग्ने पोतेले बताउनुभयो । उहाँले गाउँपालिका, प्रदेश सरकारसँग समन्वय गरेर विकास निर्माण गरिने पोतेले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?