logo
२०८० चैत्र १६ शुक्रवार



इन्डियन प्रिमियर लिगको १३ औं संस्करण सुरु, मुम्बई ब्याटिंग गर्दै

खेलकुद |


इन्डियन प्रिमियर लिगको १३ औं संस्करण सुरु, मुम्बई ब्याटिंग गर्दै
तस्विर-क्रिकइन्फो


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ३ गते । इन्डियन प्रिमियर लिगको १३ औं संस्करण सुरु भएको छ । कोरोना भाइरसको महामारीले करिब चार महिना ढिला गरी प्रिमियर लिग तटस्थ स्थल यूएईमा सुरु भएको हो । पहिलो खेलमा चेन्नईले टस जितेर पहिला बलिंग गर्ने निर्णय गरेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले सन् २००७ मा प्रिमियर लिगको अवधारणा सुरु गरेको हो । प्रिमियर लिगको १३ औं संस्करण सेप्टेम्बर १९ मा सुरु भई नोभेम्बर १० सम्म चल्नेछ । प्रिमियर लिगमा आठ टोलि सहभागी हुँदैछ । उद्घाटन खेलमा महिन्दर सिंह धोनीले नेतृत्व गर्नुभएको चेन्नई सुपर किंग्सले रोहित शर्माको मुम्बई इन्डियन्सको सामना गर्दैछ । मुम्बई प्रतियोगिताको विजेता टोलि हो । चेन्नई उपविजेता हो । दोस्रो खेलमा देल्ही क्यापिटल्सले किंग्स एलेभन पञ्जाबको सामना गर्नेछ ।
प्रतियोगिता अवधिभरि कुल ६० वटा म्याच खेलाइनेछ । लिग चरणमा कुल ५६ म्याच खेलाइनेछ । लिग चरणको अन्तिम खेल नोभेम्बर ३ मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सको शारजाहमा सामना गर्नेछ ।
मुम्बईले हालसम्म चार पटक लिगको उपाधि जितेको छ । चेन्नईले तीन पटक उपाधि जितेको हो । भिभोले प्रिमियर लिगको प्रायोजकबाट हात झिकेपछि क्रेडलाई आधिकारिक प्रायोजनको जिम्मेवारी दिइएको छ । क्रेडले सन् २०२२ सम्म आईपीएलको प्रायोजक रहने सम्झाँैता गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?