logo
२०८१ बैशाख ४ मंगलवार



विशेष समारोहमा प्रधानमन्त्रीको सन्देश

राष्ट्रिय |


विशेष समारोहमा प्रधानमन्त्रीको सन्देश


गोरखापत्र समाचारदाता

काठमाडौं,  असार ३ गते । नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवसका अवसरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ ।
२०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटाँैं वर्ष प्रवेशका अवसरमा यो समारोह आयोजना हुन लागेको हो । यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनुहुनेछ ।
विशेष समारोहमा बिहान ९ः५० बजे प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्नुहुने उहाँका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसैगरी नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गर्ने तयारी छ । यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको महामारीका कारण विशेष समारोहमा भीडभाड गरिने छैन । त्यसैले त्यहाँ मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तित्व पनि सहभागी नहुने जानकारी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?