logo
२०८१ बैशाख ७ शुक्रवार



पहिरोले एक घर पुरियो, चार घर उच्च जोखिममा

खुला |


पहिरोले एक घर पुरियो, चार घर उच्च जोखिममा


सन्तोष राउत
सोलुखुम्बु, असोज २ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ नाजिङमा लगातारको वर्षाका कारण पहिरो जाँदा एक घर पुरिएको छ भने आसपासका चार घर उच्च जोखिममा रहेका छन् ।
स्थानीय जितकुमार राईको घर भन्दा एक सय मिटर माथिबाट बिहीबार विहान करिब साढे ८ बजे पहिरो झर्दा ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
घरमा भएका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामान पुरिएको हो । पहिरोबाट एउटा करिब ५० केजी तौलको सुङ्गुर पुरिएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही पहिरोका कारण आसपासमा रहेका स्थानीय जसवीर राई, हर्कजीत राई, भिमकुविर राई र रामकुमार राईको घर पहिरोको उच्च जोखिममा परेकाले सुरक्षित स्थानतर्फ सार्ने पहल भइरहेको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?