logo
२०८० चैत्र १५ बिहीवार



लोकतन्त्र, संविधान, एकता र राजनेता

जब यी दुई काँशीटार पुग्छन्, कुन पानी तादीको, कुन त्रिशूलीको छुट्टिँदैन । त्यस्तै भएको छ नेकपा !

विचार/दृष्टिकोण |


लोकतन्त्र, संविधान, एकता र राजनेता


कृष्णमुरारी भण्डारी

नेपालका वामपन्थीहरू वास्तविक लोकतन्त्रवादी हुन । उनीहरू लोकतान्त्रिक अभ्यासमा खारिइसकेका छन भन्ने पछिल्लोपटक नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद समाधानको निष्कर्ष सँगसँगै स्पष्ट भएको छ । राणा शासनको अन्त्य गर्ने र नेपाललाई गणतान्त्रिक मुलुक बनाउने परिवर्तनगामी कार्यक्रमका साथ स्थापना भएको नेकपा विभिन्न नामका पार्टीहरू बन्दै फुटदै, जुटदै वैचारिक रूपमा अन्तरपार्टी लोकतान्त्रिक अभ्यास गर्दै आएको थियो । जसको परिणामस्वरूप नेपाली काँग्रेससँग मिलेर २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्न सफलता मिल्यो ।
संसदीय अभ्यासमा पारङगत भैसकेका वामपन्थीहरू ०६२÷६३ को ‘क्राान्ति’पश्चात सङघीय लोकगणतान्त्रिक संविधान ल्याउन सफल बने । उनीहरूको यही अभ्यास, प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्व निर्वाहमा सफलताका कारण जनताले झन्डै दुईतिहाइ मतको विश्वास दिए । यति ठूलो जनमत र विश्वास प्राप्त नेकपा यसबीचमा केही धर्मराएको हो कि भन्ने सर्वत्र चासो र चिन्ताको विषय बनेको थियो ।
नेकपाको जनमत र नेतृत्वप्रति असन्तुष्टि, ईष्र्या, द्वेष राख्नेहरू गुट, फुट र द्वन्द्वले अब नेकपा सकिन्छ भन्नसमेत पुगे । अनि जनपक्षीय शक्तिलाई घोक्रेठयाक लगाएर सत्ता हाम्रै मुठठीमा पर्छ भन्ने दिवासपना देखिरहेकाहरूमाथि नेकपाको पछिल्लो निर्णयले सिस्नोपानी खन्याइदिएको छ ।
नेकपाका केही ‘स्वनामधन्य’ नामका वामपन्थी कामका दक्षिणपन्थीहरू समेत भनिरहेका थिए– पार्टी फुटयो ! बिहानै फुटयो, दिउँसै फुटयो र रातभरिमा फुटिसक्छ । उनीहरूसँग भएको धुप प्रार्थना नसकिँदै सकियो तर नेकपा फुटेन, बरु थप सुदृढ भयो । वामपन्थीहरूको एकता लामो समय चल्न सक्दैन भन्ने पूर्वाग्रही, रकमी र षडयन्त्रकारी सोच के कारणले तुहियो त ?
लोकतान्त्रिक पद्धति अर्थात वादविवाद र संवादबाट नेपालका वामपन्थीहरू आफूलाई साँच्चै व्यवस्थापन गर्न सफल छन भन्ने उदाहरण हो, पछिल्लो सहमति । नेकपाले सङघारमा रहेको विवादबाट आफूलाई मुक्त पारेको हो ? हो भने शालीनतापूर्वक विवाद समाधान गर्नुलाई राजनीतिक स्थिरता, पार्टीभित्रको लोकतान्त्रिकरण, पद्धति र नेतृत्वको सफलता भन्नैपर्छ । जब विवाद सतहमै आइपुगेको थियो, त्यसको समाधनार्थ नयाँ पुस्ताका प्रतिनिधि पात्रहरूले समाधानका उपाय सुल्झाउने अवसर पाए । यसले अर्को पुस्ता नेतृत्व गर्न सक्दैन, समाधान पनि दिन सक्दैन र उनीहरूको स्पष्ट राजनीतिक भिजन (दृष्टि) छैन भनेर आलोचना गर्नेहरूलाई जवाफ पनि मिलेको छ ।
राजनीतिशास्त्रका एक प्राध्यापकले भने– नेपालको वामपन्थी आन्दोलन अन्यत्रका कम्युनिस्ट पार्टीहरूजस्तो होइन । यिनीहरू स्थापनाकालदेखि नै जनाधारमा जन्मिएका, आन्दोलनमा हुर्किएका र लोकतान्त्रिक अभ्यासबाट खारिएका हुन । काँग्रेसभन्दा कुनै पनि अर्थमा यिनको इतिहास कम छैन । पार्टीको स्थापनादेखि प्रतिपक्ष हुँदै सत्तारोहणमा आइपुगेसम्म यिनले ५२ ठक्कर ५३ घुस्सा र तीन त्रिलोक १४ भुवन देखिसकेका छन !
उनको थप कुरा– नेपालमा काँग्रेसको आन्दोलन त्यतिखेरमात्र सफल बनेको छ, जब वामपन्थीसँग सहकार्य गरेर ऊ अगाडि बढेको छ । वामपन्थीहरू पनि त्यतिखेरमात्र फैलिएका छन, जब काँग्रेससँंग लोकतान्त्रिक सङघर्षमा सहयात्रा गरेका छन । बिर्सन नहुने कुरा हो– जननिर्वाचनबाट मात्रै यहाँका वामपन्थी र कांग्रेस सत्तामा पुगेका छन । लोकतान्त्रिक अभ्यासमा मात्र टिकेका र पटक–पटक सत्तारोहण गरेका छन ।
उनी भन्छन– नेपालका मूलधारका कम्युनिस्ट पार्टी लोकतान्त्रिक वामपन्थी हुन । यिनीहरूले लोकतन्त्रका आधारभूत मान्यतालाई जीवनपद्धति बनाइसकेका छन । चाहे त्यो स्थानीय तहमा होस, चाहे केन्द्रीय राजनीतिमा । अब संसारभर यो कुरा प्रसारित गर्न सक्नुपर्छ चाहे त्यो पार्टीको नाम नै परिवर्तन गरेर नै किन नहोस ! यो युगको माग पनि हो । किनभने संविधानसभाले बनाएको संविधानले समाजवादलाई मूल ध्येय बनाएको छ ।
नेपालका राजनीतिक दलहरू खासगरेर वामपन्थी दल र काँग्रेसको सिद्धान्त, दर्शन, राजनीति र जनाधार हेर्ने हो भने यिनमा खासै फरक छैन, केही शब्दहरूबाहेक । फरकै छैन भन्दा धेरै स्वनामधन्य सिद्धान्तकारलाई गाह्रो लाग्ला तर कटु यथार्थ के भने, २००७ सालयताको पूरै राजनीतिक परिवर्तनको मुद्दा मध्ययुगीन सामाजिक–आर्थिक अवस्थाबाट समाजलाई रूपान्तरण गर्नु हो । त्यसैले जुनसुकै राजनीतिक सिद्धान्त बोकेका भनिएका दल वा तिनका नेताहरू भने पनि तिनको कार्यक्रम भनेको गरिबीको अन्त्य, भूमिसुधार, आधारभूत स्वास्थ्य, शिक्षा, यातायातको विकास र रोजगारी नै हो । देशको औद्योगिकीकरण र कृषिको आधुनिकीकरण नै हो । सर्वसाधारणका लागि नाना, छाना र खाना नै हो ।
संविधानको प्रस्तावनामै भनिएको छ, ‘सामन्ती, निरङकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबैप्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक–साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय भाषिक, धार्मिक, लैङगिक र सबैप्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न । सङघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ ।’ संविधानको प्रस्तावना नै नेपालका वामपन्थीलगायत राजनीतिक पार्टीहरूको सामूहिक प्रतिबद्धता र आचरणको कडी हो ।
प्रसिद्ध भनाइ नै छ– सानो कुराले महŒव राख्दछ (स्मल थिङस म्याटर्स) । अहिले घर–घरमा बल्ने बिजुलीबत्तीका आविष्कारक थोमस एल्भा एडिसनले बिजुलीबत्ती आविष्कार गरे तर उनको सिर्जनशीलताको ईष्र्या डाहा गर्नेहरूले न्यून स्तरको टिप्पणी गरे– यस्तो महँगो आविष्कारको के चर्चा गर्नु, जसको प्रयोग गर्न करोडपतिले पनि सक्दैन । त्यतिखेर एडिसनले मुसुक्क हाँसेर जवाफ दिए– कालान्तरमा मैनबत्तीभन्दा पनि धेरै गुना सस्तोमा संसारभरका मानिसले बिजुलीबत्ती बाल्न सक्नेछन !
महान अमेरिकी वैज्ञानिक एडिसनले बिजुलीबत्तीको आविष्कार गरेको १४० वर्षपछि झन्डै एडिसनले झैँ सधैँ असम्भव प्रयोग गर्ने, गुटफुटमा रमाउने, काल्पनिक उडन्ते कुरा गर्ने भन्ने आरोप खेपिरहेका नेपालका वामपन्थीहरूलाई एकै ‘प्लेटफर्म‘ (कार्यस्थल)मा ल्याउने सफलता राजनेता केपी ओलीलाई प्राप्त भएको छ । सधैँ आफनो दलभन्दा सानो दल वा समूहलाई समाहित गराउने प्रचलनविरुद्ध केपी ओलीले ठूलो र उग्रवादी वामपन्थी आरोप लागेको माओवादी केन्द्रसँग एकता गर्ने योजना बनाउनुभयो । तर, ओलीको विपरीत धारको कुरा सुनेर उहाँकै समकक्षीहरूले पनि जिभ्रो काडे– यो सम्भवै छैन कमरेड ! यो त धेरै ठूलो दुस्साहस हुन्छ । एमालेलाई माओवादीले साम, दाम, दण्ड, भेद नीति अपनाएर निलिदिन्छ !
ओलीले दस वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनावी वाममोर्चाको योजनामा सहमत गराएर अकस्मात सार्वजनिक घोषणा गर्नुभयो । ०७४ को दसैँको पूर्वसन्ध्यामा गरिएको यो घोषणालाई कसैले पत्याएन । सदाझैँ ओलीको उखान–टुक्का भनेर निर्घात टिप्पणी गरे । तर, दसँैमा गाउँ–सहर पुगेका नेपालीले घर–घरमा ओलीको सन्देश लिएर गए ।
केपी ओलीको यो ‘दुस्साहसी’ योजनाले एमालेमात्र होइन, स्वयम माओवादी, काँग्रेस, मधेसवादीभित्रै खैलाबैला मच्चियो । आँखीभौँ उचाले ।
लामो समयदेखिको आन्तरिक अभ्यास तर आकस्मिक लाग्ने ओली र प्रचण्डको यो निर्णयले ‘मोनोटोनस’ र सुस्ताएको नेपाली राजनीतिमा गतिशीलता थपिदियो । असम्भव ठानिएको विषयलाई सम्भव गराउने चुनौतीको पहिलो नाम फेरि पनि केपी ओली बन्यो । फेरि किनभने यी तिनै ओली, जसले भूकम्पबाट थिलथिलो भएको नेपालमाथि भारतले लगाएको ज्यानमारा नाकाबन्दीसँग डटेर सामना गर्दै छिमेकी चीनमार्फत नेपाललाई प्रशान्त महासागरसम्म पुग्ने मार्ग खुलाउनुभएको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम पनि एउटै हारमा आयो । जुन कुरा पार्टीका बैठकहरूमा देखिएको एउटै हारमा एउटै प्रकारका टेबुल कुर्सीमा साङकेतिक रूपमा रूपान्तरण भैरहेको छ ।
एउटै पर्वत शृङखलाको उत्तर पानीढलो गोसाँइकुण्डबाट सुरुवात भएको त्रिशूली नदी र दक्षिण पानीढलो सूर्यकुण्डबाट झरेको तादी नदी बग्दैबग्दै आ–आफनै गन्तव्य लिएर नेपालको एकीकरणको सपना देख्ने र पूरा गर्ने पृथ्वीनारायण शाहको देहावसान भई पार्थिव शरीर जलाइएको ढुङगा रहेको स्थान देवीघाटमा आइपुगेर मिल्छन । त्यसपछि दुवै नदी एउटै भई झरझरावतीसमेत मिसिएर अगाडि बढछन । काँशीटार पुग्दा दुवै नदी एउटै भइसक्छन । देवीघाटमा मिसिँदा त्रिशूलीको पानी एउटा रङग र तादीको अर्को रङग देखिन्छ । जब यी दुई काँशीटार पुग्छन, कुन पानी तादीको, कुन त्रिशूलीको छुट्टिँदैन । त्यस्तै भएको छ नेकपा ! यही सन्देश दिएको छ २६ गते सम्पन्न नेकपाको स्थायी समितिको बैठकसँगै सार्वजनिक पार्टी एकढिक्का भएको प्रतिवेदनसहितको प्रतिबद्धताले ।
संविधान कार्यान्वय भई नेपाली समाज समृद्धितर्फ गतिशील बन्दै गइरहेको छनकका रूपमा दुवै नेता केपी ओली र पुष्पकमल दाहाल राजनेताको यात्रामा अगाडि बढिरहेको भान भएको छ । यसपटकको संविधान दिवसको सन्दर्भले पनि यही सन्देश प्रवाह गर्छ– यी दुई नेताको अडान, प्रतिबद्धता र त्यागका कारण यो गणतान्त्रिक संविधान कार्यान्वयन भई समृद्ध नेपाल सुखी नेपाली अभियानले गति लिएको छ, लिँदै छ । ओली र दाहाललाई राजनेताको भूमिकामा पु¥याउने अभिभारा नेकपाका नयाँ पुस्ताका प्रतिनिधिहरूले कार्यदलको प्रतिवेदनमार्फत पूरा गरिदिएका छन । संविधान दिवसको अवसरमा दुवै नेता राजनेताका रूपमा स्थापित भइरहून !

(लेखक गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?