logo
२०७७ असोज १४ बुधवार

बालिकालाई सामुहिक बलात्कार गर्ने दुई नाबालकसहित तीन जना पक्राउ

खुला |


2020-09-16-22722


 

मनाेज भट्टराई

ओखलढुंगा, भदौ ३१ गते । ओखलढुंगामा एक बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकाकाथि सामूहिक बलात्कार गर्ने चम्पादवी ड का तीन जना पक्राउ परेका हुन् ।
घटना सार्वजनिक भएपछि पीडित पक्षको उजुरीका आधारमा प्रहरीले दुई जना बालकसहित तीन जनालाई घरबाटै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामूहिक बलात्कार गरेका थिए । आरोपितहरु चम्पादेवी गाउँपालिका वडा नं. ८ का हुन् । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपितलाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिनुभयो । घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वस्नेतको भनाइ छ ।
बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले बताउनुभयो । आरोपितहरुलाई कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?