logo
२०८१ बैशाख ७ शुक्रवार



सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको पराकम्पले बागलुङमा घर भत्कियो

खुला |


सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको पराकम्पले बागलुङमा घर भत्कियो


नवीनशिशिर विक
बागलुङ, भदौ ३१ गते । आज विहानको भूकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बुधबार विहान पखगएको भूकम्प धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।
घर बस्नै नमिल्दे गरी क्षति भएको वडा नम्बर–६ का वडा सचिवरुद्रबहादुर केसीले जानकारी दिनुभयो । सुवेदीको ढुङ्गा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरको दक्षिणतर्फको गारो भत्किएको छ ।
परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामा पशु चौपाया राख्ने गरिएको थियो ।
घर भत्किदा मानवीय तथा पशु चौपायामा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार विहान ६.० रेक्टर  स्केलको गाेरखा भूकम्पकाे पराकम्प गएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?