logo
२०८१ बैशाख १२ बुधवार



प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ

खुला |


प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । भक्तपुरको सल्लाघारीबाट महानगरीय अपराध महाशाखाको टोलिले अवैध लागू औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

लागु औषध कारोबार गर्ने व्यक्तिहरूले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागू औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुर समेतबाट खटिएको सयुंक्त टोलीले मंगलबारअ सल्लाघारीस्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा सो कन्टेनर र तीन जना कारोबारीलाई पक्राउ गरेको हो ।

कन्टेनर रोकी राखेको अवस्थामा विष्णु प्रधान र डम्बर बहादुर प्रधान समेत दुई जना फेला पारी कन्टेनर जाँच गर्दा उक्त कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोलामा सो लागूऔषध बरामत गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा लागू औषध कारोबार गर्ने कार्यमा संलग्न रहेका शंकर खड्का समेतलाई काठमाण्डौको बुढानिलकण्ठबाट अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर भक्तपुर पठाईएको एसएसपी थापाले जनाउनुभयो ।

पक्राउ पर्ने दुई जना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र एक जना भोटेकोशी गाउँपालिकाका हुन् । प्रहरीले उनीहरुको साथबाट डाईजापाम २९५० एम्पुल, नाईट्रोभेट – ३००० एम्पुन लगायत थप प्रतिबन्धित लागूऔषध बरामत गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?