logo
२०८० चैत्र १५ बिहीवार



जाजरकोट र पश्चिम रुकुममा २६ किलो अफिमसहित पाँच जना पक्राउ

खुला |


जाजरकोट र पश्चिम रुकुममा २६ किलो अफिमसहित पाँच जना पक्राउ
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २१ गते । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९६० रुपियाँसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातोपानी गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागी उनीहरूलाई जाँच गर्ने क्रममा उक्त अफिमसहित फेला पारी पक्राउ गरेको हो ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका -५ जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिमसहित जाजरकोट नलगार्ड नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेमबहादुर सिंहलगायत तीन जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?