logo
२०८० चैत्र १६ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन कहिले भएको हो ?
 सन् २०२० अगस्ट ३१
– भारत रत्न उपाधिबाट विभूषित मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनले अर्थमन्त्रीको कार्यभार सम्हालेका ।
– कोरोना सङ्क्रमणपछि उपचाररत ८४ वर्षीय मुखर्जी केही दिनदेखि कोमामा थिए ।

२. निजामती कर्मचारीहरूले एकैप्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?
 विक्रम संवत् २०६८ साउन १ गते

३. नेपाल आइडल सिजन–३ को उपाधि विजेता बन्न सफल प्रतिभा को हुन् ?
 सज्जा चौलागाईं
– सज्जाले उपाधिसहित ५० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेकी ।
– सो प्रतियोगितामा प्रवीण बेडवाल फस्र्ट रनरअप र किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका ।

४. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?
 विसं २०७३ मङ्सिर २२
– मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा ३६ वर्षीय बलराम नागाको (भक्तपुर सूर्यविनायकका) शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको ।
– उनकी ४१ वर्षीया दिदी सानुमाया लागेजूले कलेजो प्रदान गरेकी ।
– डा. डेभिड कानको नेतृत्वमा १४ जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको ।

५. इन्टरपोलको ‘मोटो’ (नारा) के छ ?
 कनेक्टिङ पेलिस फर ए सेफर वल्र्ड (एक सुरक्षित विश्वका लागि प्रहरी सञ्जाल) ।
– यसको स्थापना सन् १९२३ सेप्टेम्बर ७ मा भएको ।
– इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी) प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन हो । यसको मुख्यालय फ्रान्सको लियोनमा रहेको छ । इन्टरपोलको सम्मेलन दुई–दुई वर्षमा हुने प्रावधान छ ।
– नेपाल सन् १९६७ मा इन्टरपोलको सदस्य (१००औँ) बनेको ।
– हाल इन्टरपोलमा १९४ सदस्य राष्ट्र रहेका छन् । हाल यसको प्रमुखमा दक्षिण कोरियाका किम जोङ याङ (सन् २०१८–२०२०) रहेका ।

६. प्राणी तथा वनस्पतिको वंशगुण संरक्षण गर्ने उद्देश्यले जिन (आनुवांशिक) बैङ्कको स्थापना कहाँ गरिएको छ ?
 ललितपुरको खुमलटार
– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत ‘नेसनल एग्रिकल्चर जेनेटिक रिसर्च सेन्टर’ नामबाट सो जिन बैङ्क स्थापना भएको ।
– विश्वको सबैभन्दा ठूलो जिन बैङ्क चीनको ग्वाङझोङ प्रान्तको सेन्जेन सहरमा रहेको ।
– नर्वेस्थित स्भाल्बर्ड ग्लोवल सिड बैङ्कलाई विश्वकै नमुना जिन बैङ्क मानिने ।

७. आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्ने चरा कुन हो ?
 लाटोकोसेरो
– आँखा चलाउन नसक्ने यस चराले कहीँ, कतै नजर डुलाउनुपर्दा टाउको नै डुलाउनुपर्छ र यसले आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्छ ।
– देवी लक्ष्मीको वाहनका रूपमा समेत चिनिने लाटोकोसेरो दिनमा निष्क्रिय रहने तथा रातको समयमा सक्रियता बढाएर आहाराको खोजी गर्छ ।
– संसारमा पाइने दुई सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा हालसम्म २१ प्रजातिका फेलापरेका छन् ।
– मुसा, सर्प, भ्यागुता, बिरालो, मलसाप्रो खाएर प्राकृतिक सन्तुलन कायम राख्न सहयोग पु¥याउने लाटोकोसेरोको अवैध रूपमा हुने चोरीसिकारले यसको संरक्षणमा चुनौती थपिएको छ ।

८. नेपालको कुन ठाउँमा ‘अटोभिलेज’ रहेको छ?
 बुटवल

९. नेपालको कुन ठाउँमा गाई र भैँसी सुन्दरी प्रतियोगिता हुने गरेको छ ?
 सुनसरी

१०. नेपालको बहुजातीय साँस्कृतिक ग्राम कहाँ रहेको छ ?
 पथरी, मोरङ

११. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?
 दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण

१२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका अलग हुने घोषणा कहिले गरेका हुन् ?
 सन् २०१८ मे ८

१३. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि–१९९९’ नेपालको संसद्बाट कहिले पारित गरिएको हो ?
 विसं २०७५ भदौ ७
– उक्त महासन्धि पारित भएसँगै नेपाल यस महासन्धिको पक्षराष्ट्र बनेको
– महासन्धि पारित भएको जानकारीसहित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मा दर्ता गराएको ६० दिनपछि यो महासन्धि कार्यान्वयनमा आउने ।
– यस महासन्धिको पक्षराष्ट्र भएसँगै अब नेपाली हवाई यात्रुले पनि अन्तर्राष्ट्रिय उडानक्रममा हुन सक्ने विभिन्न घटनामा विदेशी यात्रुसरह बीमा सुविधा पाउने भएका । अब अन्तर्राष्ट्रिय वायुसेवामार्फत यात्रा गर्दा यात्रुको ज्यानमा क्षति भए करिब पौने दुई करोड रुपियाँ क्षतिपूर्ति प्राप्त हुने ।
– यसअघि नेपाल ‘वार्सा महासन्धि–१९२९’ र सोको हेग प्रोटोकल १९५५ को मात्र पक्षराष्ट्र रहेको । सो अनुसार हवाई दुर्घटनामा ज्यान गुुमाउने नेपालीले केवल २० हजार अमेरिकी डलरमात्र पाउने गरेका ।
– सार्क मुलुकमध्ये भारत, पाकिस्तान र माल्दिभ्स पक्षराष्ट्रका रूपमा रहिसकेका ।

१४. ‘बुद्ध थिम पार्क’ कुन देशमा निर्माण गरिने भएको छ ?
 श्रीलङ्का

१५. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्दछ भने नाम्जा भञ्ज्याङ कहाँ पर्दछ ?
 मुगु

१६. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ छ ?
 गुह्येश्वरी (काठमाडौँ)

१७. नेपालमा पहिलोपटक राष्ट्रिय महिला दिवस कहिले मनाइयो ?
 विसं २०७६ जेठ १६

१८. प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ?
 पाल्पा
– प्रेमको प्रतीकका रूपमा चिनिने रानीमहल दरबार पाल्पा जिल्लामा कालीगण्डकी नदीकिनारमा रहेको
– आफ्नी कान्छी रानी (श्रीमती) तेजकुमारी बिरामी परेर अन्तिम अवस्थामा पुगेपछि भारतको ताजमहलजस्तै महल बनाइदिन आग्रह गरेअनुसार राजा खड्गशमशेरले सो रानीमहल दरबारको निर्माण गरिदिएका

१९. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
 ८३
(सबैभन्दा पछि पत्ता लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेलापरेको उडुवा लहरे सर्प (सुकेको लहरोजस्तै देखिने) हो ।)

२०. नेपाल चीनमैत्री पार्कको निर्माण कहाँ गरिने भएको छ ?
 दमक, झापा
– पार्कलाई ‘दमक क्लिन इन्डष्ट्रियल पार्क’ नामकरण गरिएको ।
– २०७६ साउन १७ को लगानी बोर्डको बैठकबाट पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ लगानी स्वीकृत भएको ।

२१. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?
 तारापुञ्ज
(सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)
२२. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?
 कीर्तिपुर

२३. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ छ ?
 काठमाडौँ
(पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदीकिनारमा रहेको ।)

२४. खर्पुनाथ (शिव) मन्दिर हुम्ला जिल्लामा रहेको छ भने चन्दननाथ मन्दिर कहाँ छ ?
 जुम्ला

२५. विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा (दुबई) हो भने सबैभन्दा ठूलो भवन कुन हो ?
 न्यु सेन्चुरी ग्लोबल सेन्टर (चीन)
(चीनको सिचुआन प्रान्तमा निर्मित यो भवन पाँच सय मिटर लामो, चार सय मिटर चौडा र एक सय मिटर अग्लो रहेको । भवनभित्र कृत्रिम समुद्र किनारासमेत निर्माण गरिएको । यो भवन सन् २०१३ जुलाई १ देखि सार्वजनिक रूपमा सञ्चालनमा आएको ।)

२६. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?
 विसं १९३८

२७. हालसम्मकै सबैभन्दा धेरै सम्पत्ति भएको व्यक्तिका रूपमा नयाँ रेकर्ड बनाउने धनाढ्य को हुन् ?
 जेफ बेजोस
– अमेजनका संस्थापक जेफ बेजोस विश्वकै पहिलो दुई सय अर्ब डलर सम्पत्तिको मालिक बनेका । गत वर्ष बेजोसले आफ्नी पत्नीसँग सबैभन्दा महँगो डिभोर्स (पार्पाचुके) सामना गरेका थिए । जसमा उनले आफ्नी पूर्वपत्नीलाई अमेजनमा रहेको २५ प्रतिशत सेयर दिन सहमति जनाएका थिए । अहिलेको समयमा उक्त सेयरको मूल्य ६३ अर्ब डलर छ । यद्यपि, उनी हाल पनि विश्वको सबैभन्दा धनी व्यक्तिको हैसियतमा पुगेका छन् ।)

२८. नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको हो ?
 सन् १९५५ डिसेम्बर १४
(सन् १९५५ डिसेम्बर १४ मा नेपाललगायत १६ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउने सम्बन्धमा सुरक्षा परिषद्द्वारा पारित प्रस्तावलाई प्याकेज डिल भनी चिनिन्छ ।)

२९. सत्यमोहन जोशीको तस्बिरअंकित सिक्का कहिले सार्वजनिक गरियो ?
 विसं २०७६ भदौ २४
(रु. १००, रु. १००० र रु. २५०० को सिक्का सार्वजनिक गरिएको ।)

३०. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो ?
 विसं २०७५ साउन १
– यो पद्वति लागू भएपश्चात् अनलाइन डाटामार्फत चलचित्रको आयको जानकारी सहज हुने ।
– एकप्रकारको केन्द्रीकृत इ–टिकेटिङ सिष्टमका रूपमा रहेको यो पद्धति जडानको जिम्मेवारी ‘ब्रेन डिजिट इन सोलुसन’ कम्पनीलाई दिइएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?