logo
२०८१ बैशाख ७ शुक्रवार



पाण्डेलाई उपरथीको दर्ज्यानी

राष्ट्रिय |


पाण्डेलाई उपरथीको दर्ज्यानी


काठमाडौँ, साउन  ३० गते । प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका पाण्डेलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।    
    
मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।सरकारले उपरथी पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिएको छ ।    
    
करिब १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी पूरा गरेपछि साउनको पहिलो सातादेखि उहाँले उक्त पृतनामा निमित्त प्रमुखका रुपमा काम गर्दै आउनुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?