logo
२०८० चैत्र १६ शुक्रवार



सिआइबी इन्सपेक्टरसँग सेटिङ गर्ने भन्दै पैसा माग्ने पक्राउ

खुला |


सिआइबी इन्सपेक्टरसँग सेटिङ गर्ने भन्दै पैसा माग्ने पक्राउ


गोरखापत्र अनालाइन
काठमाडौँ, साउन ३० गते । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आफ्नै सङ्गठनको नाममा ठगी गर्ने आलोचना साप्ताहिक पत्रिकाको संवाददाता रहेको बताउने शङ्करप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

काठमाडौँकै एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ, सो मुद्दा सदर भएर सिआइबीमा पत्राचार भएको र सिआइबीको प्रहरी निरीक्षकलाई पाँच लाख घुस दिएमा मुद्दा बदर गराउनेभन्दै बार्गेनिङ गर्ने अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युराेले पक्राउ गरेको ब्युराेका प्रमुख डिआइजी सहकुल थापाले जानकारी दिनुभयो ।

पाँच लाख रुपियाँ नदिए जुनसुकै समयमा प्रहरीले पक्राउ गर्ने भन्दै डर, त्रास र धम्की देखाइ, सिआइबीको नाममा रकम असुल गरेर ठगी गर्न खोज्ने धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं १४ स्थायी घर भई तारकेश्वर नपा–११ नेपालटारमा डेरा गरी बस्ने आफूलाई आलोचना साप्ताहिक पत्रिकाको सवाददाता बताउने वर्ष ३६ को शङ्करप्रसाद अधिकारीलाइ काठमाडौँको बसुन्धराबाट पक्राउ गरेको हो । आफू पत्रकार रहेको भन्दै विभिन्न बहानामा अरु मान्छेहरूलाई समेत ठगी गर्ने पाइएको डिआइजी थापाले बताउनुभयो । पक्राउ गरिएका अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको थापाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?