logo
२०८० चैत्र १६ शुक्रवार



बिहीबार मृत्यु भएका बाराका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

फिचर |
पढ्नै पर्ने |


बिहीबार मृत्यु भएका बाराका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन ३० गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बारा जिल्लाका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान बाराको प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी टोलका ६५ वर्षीय एक पुरुष र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ सिमराका ५० वर्षीय पुरुषको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार बिहान मृत्यु भएका दुवैको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा बिहीबार राति कोरोना सङ्क्रमण पोजिटिभ रिपाेर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

बुधबार अस्पताल भर्ना भएर बिहीबार बिहान साढे ८ बजे मृत्यु भएका ६५ वर्षीयमा चार/पाँच दिनदेखि ज्वरो र खोकीको समस्याले ग्रसित भई श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो । ज्वरो र खोकी लागेर सिकिस्त भएका ५० वर्षीय अर्का व्यक्तिलाई बुधबार दिउँसो उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरियो र स्वास्थ्यमा सुधार नदेखिएपछि बुधबार साँझ नारायणी अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा उहाँको मृत्यु भएको थियो ।

बिहीबार मृत्यु भएका दुई जनासँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने साउन महिनामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका २५ मध्ये पर्साका १८, बाराका पाँच, रौतहटका एक रहनुभएको छ भने जेठ ३१ गते वीरगञ्जको घण्टाघर छेउमा मृत फेला परेका एक सङ्क्रमित युवकको हालसम्म पहिचान हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?