logo
२०८१ बैशाख ५ बुधवार



सिन्धुपाल्चाेक पहिराे अपडेटः ३६ जना बेपत्ता (फोटो फिचरसहित)

पढ्नै पर्ने |


सिन्धुपाल्चाेक पहिराे अपडेटः ३६ जना बेपत्ता (फोटो फिचरसहित)
तस्विरः सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ३० गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन।

यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ ।

यसैबीच राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरूको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ ।

बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिनुभयो । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् । 

 

 यो पनि पढ्नुहोस् 

पहिरोमा १३ घर पुरिए, १५ जनाको उद्धार, पाँच परिवार बेपत्ता

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?