logo
२०८० चैत्र १५ बिहीवार



म्याग्दी शुक्रबारबाट पूर्ण रुपमा कोरोनामुक्त

प्रदेश |


म्याग्दी शुक्रबारबाट पूर्ण रुपमा कोरोनामुक्त


अमृतप्रसाद पौडेल

बेनी, साउन ३० गते । हिमाली जिल्ला म्याग्दी शुक्रबारबाट पूर्ण रुपमा कोरोनामुक्त भएको छ । आइसोलेसनमा रहेका एक जना सङ्क्रमितले कोरोना जितेसँगै म्याग्दीका सबै ४८ जना कोरोना सङ्क्रमितहरूले कोरोना जितेका हुन् ।

गत साउन २४ गते छ जनाले कोरोना जितेर आइसोलेसन खाली भएको भए पनि सोही दिन दिउँसो एक जना सङ्क्रमित थपिएका थिए । भारतबाट आएर बेनीको क्वारेन्टीनमा बसेका बेनी नगरपालिका–४, सिङ्गाका २१ वर्षीय युवालाई २४ साउनमा सङ्क्रमण पुष्टि भएकोमा कोरोना जितेर शुक्रबार बिहान डिस्चार्ज भएसँगै म्याग्दी जिल्ला कोरोनामुक्त भएको छ ।

जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले आइसोलेसनमा रहेका एक जनाले कोरोना जितेसँगै जिल्ला कोरोनामुक्त भएको बताउनुभएको छ । लम्साल भन्नुहुन्छ, ‘अहिलेसम्म हामीले समुदाय स्तरबाट लिएका थ्रेट स्वाबमा कुनैमा पनि पोजिटिभ नआएकोले अब म्याग्दी हालसम्म पूर्ण रुपमा सुरक्षित छ ।’

हाल बेनी बजारका क्वारेन्टीनमा ७३ जना छन् भने कसैको पनि नतिजा आउन बाँकी नरहेकोले अब केही दिन म्याग्दी सङ्क्रमणमुक्त नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो । सुवेदीले भन्नु भयो, ‘आज क्वारेन्टीनमा स्वाब सङ्कलन गरेकामा नतिजा के आउँछ त्यसमा भर पर्छ नत्र भने म्याग्दी कोरोनामुक्त नै भयो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?