logo
२०८१ बैशाख १२ बुधवार

   सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस   



युवा सहभागिता थप प्रभावकारी बनाउनुपर्छ

मुख्य समाचार |


युवा सहभागिता थप प्रभावकारी बनाउनुपर्छ


नगेन्द्र सापकोटा

काठमाडौँ, साउन २८ गते । जनसङ्ख्याको महìवपूूर्ण अंश युुवा भए पनि अझै राष्ट्रिय विकासमा युुवा सहभागितालाई प्रभावकारी रूपमा अगाडि बढाउनुु जरुरी भएको छ । नेपालमा कुल जनसङ्ख्याको ४० प्रतिशत युवा छन् ।
नेपालमा २१ देखि ४२ वर्ष उमेर समूूहलाई युवा मानिएको छ । सङ्घीय संसद्मा १३ प्रतिशत, प्रदेश सभामा २३ प्रतिशत र स्थानीय तहमा ३९ प्रतिशत युवा निर्वाचित भई नीति निर्माण गर्ने तहमा पुगेका छन् । बुधबार मनाइने अन्तर्राष्ट्रिय युवा दिवसले सामाजिक परिवर्तनमा युवा संलग्नतामा जोड दिने नीति लिएको छ । यस पटक युवा दिवसको नारा ‘विश्व अभियानका लागि युवा सहभागिता, रोजगार प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ तय गरिएको छ ।
हरेक वर्ष पाँच लाख १५ हजार युवा नेपालको श्रम बजारमा आउने गरेका छन् भने वैदेशिक रोजगारमा तीन लाख २३ हजार जाने गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा सम्बद्ध सरोकारवालाबाट प्राप्त सुझावको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ः
स्वयंसेवकीय भूमिकामा युवासंविधान र राष्ट्रिय युवा नीतिमा उल्लिखित युवा लक्षित कार्यक्रम सरकारले युवाका लागि अभियानको रूपमा चलाइरहेको छ । सरकारले विभिन्न मन्त्रालयमार्फत युवा लक्षित कार्यक्रम सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रिय युवा जागरण, कृषि उत्पादन, सुशासनमा युवा, विज्ञान प्रविधि र वातावरण संरक्षणमा युवा, पर्यटन प्रवद्र्धन, छुवाछूत विरुद्धको अभियानमा युवा, स्वयंसेवकीय भूमिकामा युवा
क्रियाशील छन् ।
त्यसैगरी लैङ्गिक हिंसाविरुद्ध युवा, विपद् व्यवस्थापनमा युवा लगायतका कार्यक्रममा युवा सक्रिय छन् । सरकारले नीति, कार्यक्रम र बजेटमा समेत विभिन्न कार्यक्रममार्फत
युवा लक्षित कार्यक्रम ल्याएको छ ।

राष्ट्रियताको भावना जगाउनुपर्छ
अहिले युवाका लागि भन्दै सरकारले धेरै कार्यक्रम ल्याएको छ । यद्यपि कार्यान्वयन केही सुस्त भएको छ । सरकारले युवाकै लागि युवा नीति, युवा मन्त्रालय स्थापना, युवा परिषद्, प्रधानमन्त्री रोजगार कार्यक्रम, निजी स्तरका संस्थालाई श्रमिक अनुदान, गरिबी निवारण कोषबाट युवा लक्षित कार्यक्रम, एक स्थानीय तह एक पर्यटकीय गन्तव्यको केन्द्र स्थापना कार्यक्रम युवा लक्षित हुन् ।
सरकारले ठूलो मात्रामा युवा लक्षित गरी बजेट विनियोजन गरेको छ । यी कार्यान्वयनका चरणमा भएकाले सरकार युवामैत्री छ । सरकारले युवालाई लक्षित गरी रोजगार बैङ्क स्थापना गरी कार्यान्वयन गर्नुपर्छ । नेपालमा काम प्रतिको विश्वास, काम प्रतिको आदर र काम गर्नेलाई सम्मान गर्ने संस्कार व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।
उचित व्यवस्थापन गर्नुपर्छ

राजनीतिक दलले युवालाई भ¥याङ बनाएर सत्तामा पुग्ने र त्यसपछि युवाको भावना भुल्ने प्रवृत्ति छ । यो प्रवृत्ति नेपालका सबै राजनीतिक दलले छोड्नुपर्छ । युवाको चाहना भनेको उद्यमशीलता, शिक्षा र रोजगारीको अवसर हो तर यसमा युवा मारमा छन् । अहिले पनि युवा रोजगारका लागि विदेशिनुपर्ने अवस्था छ । ठूला आयोजना कार्यान्वयन भएका छैनन् । युवा आफैँले गरी खाने वातावरण बनेको छैन । तरुणहरू परिवर्तनका संवाहक भनिए पनि व्यवहारमा कार्यान्वयन भएको छैन । युवा जनशक्ति रोजगारका लागि खाडी मुलुकमा जानुपर्ने अवस्था छ । अहिले कोरोनाको महामारीमा युवा विदेशबाट फर्कने क्रम छ । सरकारले यसरी फर्किएका युवाको उचित व्यवस्थापन गर्नुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?