logo
२०८१ बैशाख १३ बिहीवार



कोरोनाविरुद्ध स्थानीय तह सक्रिय

मुख्य समाचार |


कोरोनाविरुद्ध स्थानीय तह सक्रिय


नगेन्द्र सापकोटा

काठमाडौँ, साउन २६ गते । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि उपत्यकाका स्थानीय तह यसको रोकथाममा फेरि सक्रिय हुन थालेका छन् । बन्दाबन्दी खोल्नु अघिसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय भएका स्थानीय तह फेरि जुर्मुराउन थालेका हुन् । सरकारले बन्दाबन्दी खुला गरेपछि भने स्थानीय तह यो कार्यमा सक्रिय देखिएका थिएनन् ।
उपत्यकाका समाखुसी, सानेपा, बागबजार, टङ्गाल, बिजुलीबजार, बूूढानीलकण्ठ, सीतापाइला, टोखा, कुपन्डोल, बल्खु, कीर्तिपुरमा कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । त्यसैगरी दुवाकोट, धापासी, ठैब, गोठाटार, न्युुरोड, कपन, पेप्सीकोला, बालकोट, भैँसेपाटी, चापागाउँ, ग्वार्खो, जडीबुटीलगायत १३७ स्थानमा कोभिड सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकाका सबैजसो स्थानीय तहमा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि यहाँका नगरपालिकाले आआफ्ना वडालाई परिपत्र गरी उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । कतिपय नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्न तथा भीडभाड हुन नदिन वडा कार्यालयलाई आग्रह गरेका छन् ।
बालबालिका र ज्येष्ठ नागरिक घरबाट बाहिर ननिस्कने, मास्क अनिवार्य प्रयोग गर्ने, साबुनपानीले हात धुने र कोभिड–१९ सङ्क्रमितको व्यवस्थापन गर्न सम्बिधत वडा र स्वास्थ्य संस्थालाई आग्रह गरिएको जनाइएको छ ।

सहयोग गर्न आग्रह
यसैबीच काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण सरकार र स्थानीय तहले मात्र गर्न नसक्ने भएकाले यसमा सबै नागरिकले सावधानी अपनाउनुपर्ने जनाएको छ । सरकारले स्वास्थ्य सेवाको व्यवस्था गर्ने हो तर सावधानी भने नागरिक आफैँले अपनाउनुपर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । उपत्यका बाहिरबाट आउने व्यक्तिलाई नाकामै रोक्न सके सङ्क्रमितको सङ्ख्यामा कमी आउने महानगरले जनाएको छ ।
यसका साथै नागार्जुन नगरपालिकाले ज्येष्ठ नागरिक र बालबालिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोनाले बालबालिका र ज्येष्ठ नागरिकमा छिटो सङ्क्रमण हुन सक्ने खतरा भएकाले घरबाट बाहिर ननिस्कन आग्रह गरिएको नगरप्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

‘कन्ट्र्याक ट्रेसिङ’ प्राथमिकतामा
टोखा नगरले नगर क्षेत्रमा कोरोनाका सङ्क्रमित देखिन थालेपछि कन्ट्र्याक टे«सिङललाई उच्च प्राथमिकता दिन थालेको छ । नगर क्षेत्रमा आइतबारसम्म ३९ जनामा सङ्क्रमण भेटिइसकेको र ती व्यक्तिको सम्पर्कमा रहेकाको खोजी गरी धमाधम कन्ट्र्याक टे«सिङको काम भइरहेको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी तारकेश्वर नगरले कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउने कामलाई उच्च प्राथमिकता दिएको नगर प्रमुख रामेश्वर बोहोराले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले कोभिड–१९ सङ्क्रमित पहिचान भएपछि अस्पतालसम्म पु¥याउन र ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई घरैमा बस्न आग्रह गरेको छ ।

मन्दिरमा भीडभाड नगर्नूू
दक्षिणकाली नगरपालिकाले उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि दक्षिणकाली मन्दिर लगायतका अन्य मन्दिरमा भीडभाड नगर्न सबैलाई आग्रह गरेको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?