logo
२०८० चैत्र १५ बिहीवार



चितुवाको आक्रमणबाट बालकको मृत्यु

खुला |
समाज |


चितुवाको आक्रमणबाट बालकको मृत्यु
सांकेतिक तस्विर


अमरराज नहर्की

तनहुँ, साउन २२ गते । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ थप्रेकका विष्णुबहादुर राना र कृष्णबहादुर रानाको डेढ वर्षको छोरा नारायण रानाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै घरको आगनमा खेली रहेको बेला मङ्गलबार साँझ चितुवाले आक्रमण गरी लगेको बुधबार राती घर नजिककै जङ्गलमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जगदिश रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा बालकको हात र टाउको मात्रै भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । तनहुँमा चितुवा आतङ्क रोक्न सकिएको छैन । दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट १० बालबालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?