logo
२०८१ बैशाख १२ बुधवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. बाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?
 प्रा.डा. विश्वराज जोशी
– वाग्मती प्रदेशको २०७७ साउन १४ को मन्त्रिपरिषद् बैठकले जोशीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको ।
– २०७६ जेठमा प्रदेशसभाले प्रतिष्ठान सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको थियो ।

२. स्टेफेन टाटाव कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
 फुटबल
(सन् १९९० मा भएको फिफा विश्वकपमा क्यामरुनलाई क्वार्टर फाइनलसम्म पु¥याएका टोलीका पूर्वकप्तान टाटावको ५७ वर्षको उमेरमा सन् २०२० अगस्टमा निधन भएको । सो विश्वकपमा टाटावको कप्तानीमा क्यामरुनले शानदार खेल प्रस्तुत गरेको । अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएर सो विश्वकपमा क्यामरुनले सनसनी मच्चाएको थियो ।)

३. आर्थिक वर्ष २०७६÷०७७ सम्म प्रत्येक नेपालीको भागमा सरकारी ऋण कति पुगेको छ ?
 रु. ४२ हजार छ सय
– नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको । सरकारको २०७७ असार मसान्तसम्ममा आन्तरिक ऋण छ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण छ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको ।
– तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसङ्ख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार छ सय रुपैयाँ सरकारी ऋण पुगेको छ । यसखालको ऋणमा सरकारद्वारा हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको साँवा–व्याज भुक्तानी गर्ने गरिन्छ ।
प्रत्येक नेपालीको भागमा सरकारी ऋण
पछिल्लो पाँच आवमा जीडीपी आकार तथा कुल ऋण

४. राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार कक्षा ११ मा लिइने परीक्षालाई के नामकरण गरिएको छ ?
 माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई)
– कार्यविधिअनुसार विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख ।
– अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

५. इन्डोनेसियाको हालको राजधानी परिवर्तन गरी कहाँ सार्ने निर्णय भएको छ ?
 बोर्नियो
(सन् २०१९ अगस्ट १८ मा राजधानी सार्ने प्रस्ताव गरिएको र सन् २०१९ अगस्ट २७ मा प्रस्तावउपर निर्णय भएको ।)

६. मन्त्रिपरिषद्को २०७७ साउन १९ को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?
 सुशील भट्ट

७. हाल नेपालमा पिछडिएको क्षेत्रमा सूचीकृत स्थानीय तह कति रहेका छन् ?
 ५७

८. ललितपुर महानगरपालिकामा साइकल लेनको शुभारम्भ कहिले गरिएको हो ?
 विक्रम संवत् २०७६ मङ्सिर १५

९. अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?
 सन् २०१८ जुन १९

१०. कान्तिपुर टेलिभिजनबाट प्रसारित रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि जित्ने प्रतिभा को हुन् ?
 धादिङका हिमेश पन्त

११. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ?
 फागुन ७
– विसं २०७६ फागुन ७ गते चौथो निर्वाचन दिवस मनाइएको ।
– विसं २०१५ मा पहिलो बहुदलीय संसदीय निर्वाचन सुरु भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको ।

१२. संयुक्त राष्ट्रसङ्घद्वारा शरणार्थी र आप्रवासीसम्बन्धी पहिलो सम्मेलन कहिले आयोजना गरियो ?
 सन् २०१६ सेप्टेम्बर

१३. राष्ट्रिय योजना आयोग र युनिसेफद्वारा संयुक्त रूपमा गरिएको अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अर्थात् १४ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ ?
 ६२.६८ प्रतिशत

१५. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सबै मन्त्रीहरूसँग पहिलोपटक कार्यसम्पादन सम्झौता कहिले गरिएको हो ?
 विसं २०७६ साउन १५
– सम्झौताको आधार वार्षिक बजेट र सरकारको नीति तथा कार्यक्रम रहेको ।
– करारअनुसार काम भए नभएको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने ।

१६. इन्डो–प्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ?
 अमेरिका
(विश्व अर्थराजनीतिमा चीनको उदय भएसँगै एसियाली अर्थ राजनीतिमा अमेरिकी प्रभुत्व कायम गर्ने उद्देश्यसाथ अमेरिकाद्वारा अवलम्बन गरिएको वैदेशिक नीति ।)

१७. समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हिर्काएर मार्न सकिने कडा व्यवस्थासहितको नयाँ इस्लामिक (सरिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ?
 ब्रुनाई, सन् २०१९ अप्रिल ३

१८. चर्चित अनलाइन गेम ‘पब्जी’ का डिजाइनर को हुन् ?
 ब्रेन्डन ग्रिन
– यो खेल सन् २०१७ मार्चदेखि सुरु भएको । पीयुबीजी (पब्जी) को पूरा रूप ‘प्लेयर अननोन्स् ब्याटल ग्राउन्ड’ हो ।

१९. संयुक्त राष्ट्रसङ्घीय वातारणसम्बन्धी ‘पृथ्वी’ पुरस्कार प्राप्त गर्ने नेपाली प्रतिभा को हुन् ?
 सोनिका मानन्धर
(सन् २०१९ सेप्टेम्बर २६ मा न्युयोर्कमा आयोजित ‘पृथ्वी समारोह’को अवसरमा प्रदान गरिएको ।)

२०. प्रथम एसियाली सभ्यता संवाद सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
 सन् २०१९ मे, बेइजिङ (चीन)

२१. कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?
 राजधनेश
– संरक्षित पक्षीको सूचीमा रहेको यो चराको सङ्ख्या नेपालभर १५० जति रहेको अनुमान ।
– गुँड निर्माण तथा ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला, बूढा रूखको टोड्कामा गुँड बनाउँछ ।
– अण्डा पारेपछि पोथीलाई भाले राजधनेशले बच्चा नहुर्कुञ्जेलसम्म टोड्कोभित्र रहेको गुँडमा नै थुनेर राख्छ । ओथारो अवधिभर पोथीलाई र बच्चा निस्केपछि बच्चालाई समेत भालेले नियमित रूपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।

२२. ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्यको सिद्धान्तमा आधारित हुनेछ’ भनी संविधानको कुन धारामा उल्लेख छ ?
 धारा २३२

२३. प्रस्तावित चराङ विमानस्थल कहाँ पर्दछ ?
 मुस्ताङ

२४. विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा निकटमा अवस्थित राष्ट्रिय निकुञ्ज कुन हो ?
 शिवपुरी राष्ट्रिय निकुञ्ज

२५. ‘एक नर्स, एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
 बाग्मती प्रदेश

२६. विश्व टे«ड युनियनको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन–२०१९ कहाँ सम्पन्न भएको हो ?
 नेपाल (सन् २०१९ सेप्टेम्वर २४–२५)
– विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालद्वारा आयोजित सो सम्मेलनमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, दक्षिण कोरिया, भियतनाम, लाओस, कम्बोडिया, इन्डोनेसिया, इरान, काजिकिस्तानलगायत १४ वटा मुलुकका २८ वटा ट्रेड युनियनका तीन दर्जनभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको । हरेक वर्ष आयोजना हुने यो सम्मेलन नेपालमा यसअघि सन् २००७ मा आयोजना गरिएको थियो ।
– ‘श्रमिकहरूको आधारभूत आवश्यकता र सामाजिक सुरक्षा सुनिश्चित गर, उत्पादन रोजगारको क्षेत्रमा लगानी गर’ भन्ने मूल नारासहित आयोजित सो सम्मेलनले नौबुँदे घोषणापत्र जारी गरेको ।
– सम्मेलनले अक्टोबर ३ लाई एसियाव्यापी ‘एक्सन डे’का रूपमा मनाउने र विश्वव्यापी रूपमा नै श्रमिक परिचालन अभियान सञ्चालन गर्ने तथा नोभेम्बर ७ का दिन श्रमिकलाई शिक्षा, स्वास्थ्य, आवासलगायत सामाजिक सुरक्षाको प्रत्याभूति गर भन्ने अभियान विश्वव्यापी रूपमा नै सञ्चालन गर्ने निर्णय गरेको ।

२७. सार्क साँस्कृतिक सम्पदा वर्ष २०१६÷१७ का लागि साँस्कृतिक राजधानीका लागि छनोट गरिएको सहर कुन हो ?
 महास्थानगढ (बङ्गलादेश)

२८. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?
 सतार
(विषखेला पर्व चौर वा खेलमैदानवरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आफूतिर तानेर विष झार्न सक्छ त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ ।
– सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेषगरी झापा जिल्लामा प्रचलनमा रहेको छ ।)

२९. साउदी अरकले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो ?
 सन् २०१९ सेप्टेम्बर २७
(तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अबदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोका रूपमा विकास गर्न लागिएको बताइएको छ । घुम्नका लागि विदेशी नागरिकलाई खुला गरिए पनि केही सर्त भने कडा बनाइएको छ । विशेषगरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरूले जनाएका छन् । विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको महसुस गरिएको छ ।)

३०. नेपालमा ‘ऊर्जा तथा जलस्रोत दशक’ भनी कुन अवधिलाई घोषणा गरिएको छ ?
 विसं २०७५–२०८५

प्रस्तुतकर्ता : टङ्क केसी
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?