logo
२०८० चैत्र १६ शुक्रवार



झापामा दुईवटा पीसीआर ल्याब सञ्चालनमा ल्याइँदै

स्वास्थ्य |
प्रदेश |


झापामा दुईवटा पीसीआर ल्याब सञ्चालनमा ल्याइँदै


लिला झापाली

बिर्तामोड, साउन २० गते । झापामा कोरोना सङ्क्रर्मण समुदायसम्म देखिन थालेपछि एक साथ दुईवटा पीसीआर ल्याब सञ्चालनमा ल्याइने भएको छ । मेची प्रादेशिक अस्पताल, भद्रपुरको स्वामित्वमा रहने गरी मेची प्रादेशिक अस्पताल र झापाको कनकाई नगरपालिका कोटीहोममा रहेको 'एकका लागि एक अभियान'द्वारा सञचालनमा ल्याउन लागेको अर्को पीसीआर मेसिनसमेत सञ्चालनमा ल्याउन लागिएको हो ।

कोटीहोममा रहेको ल्याबमा एक पटकमा ७० जनासम्मको स्वाब जाँच गर्न सकिन्छ भने मेची प्रादेशिक अस्पतालमा रहेको ल्याबमा ९६ जनाको स्वाब जाँच गर्न सकिने जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले बताउनुभयो । मेचीमा रहेको ल्याबले बुधबारदेखि सञ्चालनमा आउने र कनकाईमा रहेको ल्याबलाई समेत यसै साताभित्र सञ्चालनको तयारी थालिएको पोर्तेलले बताउँनुभयो ।

कनकाई नगरपालिकामा सञ्चालित ल्याबको आर्थिक व्यवस्थापन कनकाई नगरपालिकाले गर्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । कनकाई नगरपालिकाले ल्याब सञ्चालनका लागि यसै आर्थिक वर्षमा २५ लाख रुपियाँ विनियोजन गरिएकोसमेत पोखरेलले बताउनुनुभयो ।

मङ्गलबार भद्रपुरमा भएको छलफलमा 'एकका लागि एक अभियान'ले अस्पताललाई पूर्णरुपमा तयारी अवस्थामा रहेको ल्याब हस्तान्तरण गर्ने सहमति भएको हो । मङ्गलबार भएको बैठकमा अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, कनकाई नगरप्रमुख पोखरेल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लोकराज ढकाल, अस्पताल विकास समितिका सदस्य लक्ष्मण पोखरेल, पूर्वसदस्य घनश्याम अधिकारी, अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत लगायतको सहभागिता रहेको थियो ।

ल्याब स्थापनाका लागि 'एकका लागि एक अभियान'लाई ४२ वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी सङ्घको समन्वयमा २५–२५ लाख हजार रुपियाँ प्रदान गरेका छन् । विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक सङ्घसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले एक करोड २० लाख रुपियाँ सङ्कलन गरिसकेको छ ।

प्रदेश १ मा सङ्कलन भइरहेको -यालको नमुना सङ्ख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना सङ्क्रमित भएकाे जिल्ला झापा हो । ल्याब सञ्चालनमा आएपछि झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र पूर्वोत्तर मोरङबाट सङ्कलित नमुना परीक्षणमा सहज हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?