logo
२०८० चैत्र १६ शुक्रवार



दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै (फोटो फिचर)

पढ्नै पर्ने |


दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै (फोटो फिचर)
तस्बिर: सागर बस्नेत / गोरखापत्र


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २० गते । साउन कृष्ण प्रतिपदाका दिन आज (मङ्गलबार) काठमाडौँ उपत्यकामा मृतक आफन्तको स्मृतिमा गाई स्वरुप झाँकी प्रदर्शन गरेर गाइजात्रा मनाइँदैछ ।

कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होसियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ । सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको छ ।

वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा शुरु गरिएको थियो ।

त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरबार हनुमानढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भउको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरुपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रुप धारण गरेको भनिन्छ । एक समय यो जात्रालाई निरङ्कुशताविरुद्ध व्यङ्ग्य गर्न पाइने र आफ्ना कुण्ठित भावनालाई उजागर गर्न पाइने समयका रूपमा पनि उपयोग भयो । हिजोआज पनि व्यङ्ग्य र प्रहशन प्रस्तुत गर्दै एकथरीले यो जात्रा मनाउँदै आएका छन् ।

तस्बिर: सागर बस्नेत / गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?