logo
२०८१ बैशाख १३ बिहीवार



पाँचतले मन्दिर जनश्रमदानबाट

खुला |


पाँचतले मन्दिर जनश्रमदानबाट


यलुु जोशी

भक्तपुर, असार १८ गते । चर्को घाममा ८६ वर्षीय पुनकेशरी सुवाल माटोको डल्लो बनाउँदै हुुनुुहुुन्थ्यो । डल्लो तयार भएपछि सहकर्मीलाई दिनुुभयो ।
विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५, टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारको काममा सुवालसहित पाँच सयभन्दा बढी स्थानीयवासीले श्रमदान गरिरहनुभएको छ ।
श्रमदान गर्ने अधिकांशको अनुहारमा थकान त देखिन्थ्यो तर पुरानो कला संस्कृतिलाई आफैँ हातबाट पुनःनिर्माण गर्न पाउँदाको खुुुुुसी बेग्लै थियो । सुवाल भन्नुहुन्छ, “हामी खेतमा काम गर्नेलाई खासै थकाइ लाग्दैन ।
आफ्नो सम्पदा संरक्षणमा श्रमदान गर्न पाएकोमा धेरै खुसी छौँ । ” बिहान १० बजे नै माटोको डल्ला बनाउँदै एकअर्कालाई दिँदै गर्नुभएका उहाँ दाची अप्पा (इँटा) पनि सफा गरिरहनुभएको थियो ।
यस्तै ६३ वर्षीया मनमाया त्वायमाः आफ्नै सहरको पाटीपौवा संरक्षण गर्न पाएकोमा गौरव महसुस गर्नुुहुन्छ । उहाँले भन्नुभयो, “सबैले सक्दो सहयोग गर्नुपर्छ, नभए यसको अस्तित्व रहँदैन । ” सक्ने व्यक्तिलाई सम्पदा संरक्षणमा जुट्न उहाँले आग्रह गर्नुभयो ।
बिनाज्याला स्वेच्छाले श्रमदान गर्न आउनुभएकालाई भक्तपुर नगरपालिकाले मास्क मात्र वितरण गरेको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले खाजाको पनि व्यवस्था गर्नु परेको छैन । केवल सुरक्षाको हिसाबले मास्क प्रदान गरिएको छ ।  अरू सबै आआफैँले व्यवस्था गरेर आउनुपर्ने आह्वान गरिएको छ ।
पाँच वर्षअघि २०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर जीर्णोद्धारको माथिल्लो एक तला पूरै भत्काउनु परेको थियो । नगरप्रमुख प्रजापतिले कतिपयले आर्थिक सहयोगसमेत गरिरहेको बताउनुुभयो । उहाँले हरेक दिन श्रमदान गर्नेहरू तीनदेखि चार सय जना आउने गरेको जानकारी दिनुुभयो ।
डकर्मी, सिकर्मी र मिस्त्रीका लागि नगरपालिकाले खर्च गरी अरू काम श्रमदानबाट गरिएको छ । न्यातापोलको काम लगभग सकिइसक्यो तर मानिस आउँछु भनेर नाम लेखाएको प्रजापतिले जानकारी दिनुभयो । मन्दिर जीर्णोद्धारको काममा बन्दाबन्दीले केही समय असर पारे पनि हाल दैनिक रूपमा काम भइरहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?