logo
२०८१ बैशाख ५ बुधवार



काठ वितरण बन्द भएपछि भूकम्प लाभग्राही मारमा

खुला |
समाज |


काठ वितरण बन्द भएपछि भूकम्प लाभग्राही मारमा



शिवकुमार काशी
हेटौँडा, असार १३ गते । वन तथा वातावरण मन्त्रालयले देशभरका राष्ट्रिय वन क्षेत्रबाट कटान गरिएका साल जातका काठ विक्री, वितरण, भण्डारणलगायत सबै प्रक्रिया रोक गर्ने निर्णय गरेपछि मकवानपुरका भूकम्पपीडित लाभग्राहीको घर निर्माण प्रक्रियामा असर परेको छ ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म घर निर्माण गर्ने सम्झौता गरेका भूकम्पपीडितले काठको अभावमा घर निर्माण सम्पन्न गर्न सक्ने अवस्था नरहेको बताउन थालेका छन् । सरकारले काठ बिक्री वितरण गर्न निषेध गरेपछि यस्तो परिस्थिति सिर्जना भएको भन्दै वन समूहका पदाधिकारीहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग आवश्यक सहजीकरणको माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ मनहरीका अध्यक्ष हेमलाल उप्रेतीको नेतृत्वमा रहेको वन समूहका अध्यक्षहरूको टोलीले भूकम्पपीडितको समस्या समाधानका लागि मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो ।

टोलीले विशेष निर्णय गरेर भए पनि उपभोक्ताले काठ पाउने प्रत्याभूत गर्न मुख्यमन्त्री पौडेललाई अनुरोध गरेको थियो ।

जवाफमा मुख्यमन्त्री पौडेलले विभागीय मन्त्रीसँग समन्वय गरी आवश्यक सहजीकरणको प्रयास गरिने आश्वासन दिनुभएको महासङ्घका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?