logo
२०८० चैत्र १६ शुक्रवार



बेइजिङका सयौँ उडान र रेलसेवा रद्द

अन्तर्राष्ट्रिय |


बेइजिङका सयौँ उडान र रेलसेवा रद्द


बेइजिङ
असार ३ गते । चीनले केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागिएको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना सङ्क्रमितहरू भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार करिब एक हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन् ।
बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना सङ्क्रमित भेटिएपछि सरकारी अधिकारीहरूले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखि नै बन्द हुँदैआएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
त्यसैगरी, राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरूको भनाइ छ । बुधबारदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शङ्कास्पद विद्यार्थीहरूलाई भने कलेजमै फिर्ता गरिएको छ ।

बेइजिङका सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाइ गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?