logo
२०८० चैत्र १५ बिहीवार



कोरोना भाइरसबाट विश्वमा करिब चार लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी सङ्क्रमित

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा करिब चार लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी सङ्क्रमित



जेनेभा स्वट्जरल्याण्ड
जेठ २४ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ९८ हजार २६० पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।


कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्। । हाल विश्वभरिमा कोरोना भाइरस सङ्क्रमित ३१ लाख दुइ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने, एक लाख ७७ हजार ९६० को मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा एक लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, चार हजार ९४२ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?