logo
२०८१ बैशाख ७ शुक्रवार



जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

खुला |
प्रदेश |


जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते


प्रेमराज सिम्खडा
कालीकोट, जेठ २० गते । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं १ को लालीघाट भिरमा बाेलेरो जीप दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको छ । स्थानीय लालीघाट बजारबाट सामान लिएर गाउँपालिकाको कार्यालय कुमालगाउँ जाने क्रममा उकालोमा ब्रेक फेल भएर जीप दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालकसमेत आफैँ रहेका गाडी साहु रास्कोट नगरपालिका वडा नं १ का डबलबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थायी रोड पर्मिटसमेत नपाएको सकडमा लालीघाटबाट कुमालगाउँ बाेलेरो चल्दैआएको थियो । घाइते शिक्षक पूर्णप्रसाद उपाध्यायको जिल्ला अस्पताल, कालीकोटमा उपचार भइरहेको छ ।
घाइतेको अवस्था पनि गम्भीर रहेको डाक्टर भीष्मप्रसाद पोख्रेलले बताउनुभयो । उहाँले केही समय उपचार गरेर थप उपचारका लागि जुम्ला वा सुर्खेत रेफर गर्ने बताउनुभयो । गाउँपालिकामा खाद्यन्न लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो । कर्णाली करिडोर निर्मारणका लागि बसेको नेपाली सेनाको ब्यारेकनजिकैको उकालोमा राेकेको अवस्थामा दुर्घटना भएको स्थानीय गणेश विष्टले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?