logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाकाे जस्तै लक्षण भएकी गर्भवती महिलाको मृत्यु

प्रदेश |


कोरोनाकाे जस्तै लक्षण भएकी गर्भवती महिलाको मृत्यु


देवराम प्रसाद यादव
सप्तरी जेठ १ं३ गते । सप्तरीमा कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिलाको मङ्गलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिनुभयो ।

गुप्ताले उहाँलाई कोरोना सङ्क्रमणको जस्तो ‘निरन्तर ज्वरो आउने, श्वास प्रश्वासमा समस्या रहेकोले घरमै आइसोलेसनमा राखिएको थियो’ । उहाँलाई एक सातादेखि नियमित ज्वरो आइरहेको थियो । गत जेठ ८ गते राजविराजस्थित डा. बिनिता यादवसँग गर्भवती जाँच गराएकी उहाँलाई त्यस दिन १०२ दशमलव ४ डिग्री ज्वरो पाइएको गुप्ताले बताउनुभयो । सोमबार रातिदेखि उहाँलाई श्वास लिन अति नै समस्या भएपछि मङ्गलबार राजविराजतर्फ ल्याउने क्रममै मृत्यु भएको गुप्ताले जानकारी दिएका छन् ।

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उहाँको स्वाब सङ्कलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको गुप्ताले बताउनुभयो ।
मृतकको शवलाई अन्तिम संस्कार गर्नेबारे नगरपालिकाको बैठक बसिरहेको गुप्ताले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?