logo
२०८१ बैशाख १२ बुधवार



वीरगञ्जमा कोरोनामुक्त नौ जना घर फर्काउने तयारी

खुला |


वीरगञ्जमा कोरोनामुक्त नौ जना घर फर्काउने तयारी



दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १० गते । कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना र रौतहटका तीन जना गरी नौ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।

कोरोना मुक्त भएका आजै डिस्चार्ज गरिएकाहरु मध्ये पर्साका आ–आफ्नै घर गएका, बारा जिल्लाको पनि आफ्नो घर तर्फ गईसकेका, भारतीय नागरिकलाई भने मुस्लिम आयोगका सदस्यको जिम्मा लगाईएको र रौतहटका भने जाने तयारीमा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो ।

कोरोना मुक्त हुनेहरुमा पर्साका वीरगंज–२ का ३० वर्षीय, वडा नं ३ का ५० वर्षीय, वडा नं १६ का ५१ वर्षीय र एक ४२ वर्षीय भारतीय नागरिक रहेका छन् । त्यसैगरी, बारा, जितपुर सिमरा ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ का ३१ वर्षीय गरी २ जना, रौहतट, ईशनाथ नगरपालिका वडा नं ८ का १९ वर्षीय, वृन्दावन नगरपालिका वडा नं ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनीयाका २२ वर्षीय संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुने सबै अर्थात ९ जना नै पुरुष संक्रमित रहेको उपचारमा संलग्न चिकित्सक निरजकुमार सिंहले बताउनुभयो ।

गत चैत ३० गते र बैशाख २ गते भर्ना भई उपचार गराएर बैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका पर्साको वीरगञ्जमा रहेका एक भारतीय नागरिक र रौतहटका एक युवक कोरोना पोजेटिभ देखिएपछि पुनः बैशाख २० गते उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?