logo
२०८१ बैशाख ७ शुक्रवार



बेलडाँगी शिविरमा राहत वितरण

खुला |


बेलडाँगी शिविरमा राहत वितरण


विष्णुप्रसाद पोखरेल
दमक, चैत २८ गते । यहाँकाे बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरुलाई खाद्यान्न संकट भएपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको पहलमा खाद्यान्न बितरण भएको छ । दमक नगरपालिकामा रहेको शिविरमा रहेका शरणार्थीहरुलाई बाहिर निस्कन अप्ठेरो रहेको र दाताहरुले खाद्यन्न कटौती गरेका कारण खाद्यन्न अभाव रहेको थियो ।

सहारा नेपाल, झापा जिल्ला सहकारी सङ्घ, क्यारिटास नेपाल, उद्योग सङ्घ झापा र व्यवसायी रोशन प्रसाई लगायतको सहयोगमा भुटानी शरणार्थी शिविरमा रहेका दूइ हजारभन्दाब बढि घरधुरीलाई १० किलोको दरले चामल, १ केजीका दरले दाल र तेल उपलब्ध गराईएको मगरले बताउनु भएको छ ।

स्थानीय सरकारले आफ्नै नगरका बिपन्नहरुलाई खाद्यन्न पुर्याउन नसकेको अवस्थामा शिविरमा खाद्यन्न पुर्याउन समस्या रहेको थियो । भोकै कोहि पनि रहनु हुदैन भनेर सहकारी लगायतका संघसंस्थाहरुलाई आग्रह गरेर पहिलो चरणमा खाद्यन्न लगायतको राहत पुर्याएका छौ, शरणार्थी समन्वय इकाईका निर्देशक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी राणाले भन्नुभयो ।

शिविरमा जेष्ठ नागरिक, अपाङ्ता भएकाहरु, टुहुराबालबालिका तथा एकल महिलाहरुको संख्या धेरै रहेको छ । अमेरिका लगायत तेश्रो मूलकमा गएका आफन्तहरुले लकडाउनका कारण रकम पठाउन नसक्दा र शिविर भित्रका शरणार्थी बाहिर निस्कन नसक्दा गम्भिर खाद्य संकट आउने देखेपछि थप राहतका लागि समेत प्रयास हुँदै आएको बताईएको छ ।

शरणार्थी सम्बन्धि रेखदेख गर्दै आएको युएनएचसिआरले समेत यस्तो अवस्थामा मानवीय सहयोग नगरेको भन्दै आलोचना भएको छ । स्थानीय सरकार नगरपालिकाले मानवीय साहयता प्रदान गर्न आग्रह समेत गरेको तर त्यहाँबाट कुनै प्रतिक्रिया नआएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भयो । दमकस्थित बेलडाँगी र मोरङको पथरीमा दुई हजार एकसय १२ घरधुरीका शरणार्थीहरु रहेकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?