logo
२०८० चैत्र १५ बिहीवार



दाङमा एक हजार सवारी साधन कारवाहीमा

प्रदेश |


दाङमा एक हजार सवारी साधन कारवाहीमा


घोराही, चैत २० गते । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै मात्रै दाङमा १७ वटा मोटरसाइकल, चार÷चार वटा जीप, कार र अटो यस्तै ट्रक दुई वटा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार बसम्म ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् । यसैगरी अटो २७, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?