logo
२०८१ बैशाख ७ शुक्रवार



बिदेशबाट ३ सय २८ जना घर फर्किए फर्किएका मध्ये ६८ जना क्वारेन्टाइनमा

खुला |


बिदेशबाट ३ सय २८ जना घर फर्किए फर्किएका मध्ये ६८ जना क्वारेन्टाइनमा


मुरारी अधिकारी
धादिङ, चैत्र १९ गते । कोभिड १९ बाट बँच्न तथा फैलिन नदिन धादिङमा ४ सय ३१ वेड सहितको क्वारेन्टाईन र ३९ ओटा वेड सहितको आईसोलेसन वार्डहरुको निर्माण भएको छ । जिल्लाबाट भारत लगायत अन्य देशमा अध्ययन र रोजगारका सिलसिलामा गएका मध्ये ३ सय २८ जना फर्किएर आएका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताउनु भएको छ । विदेशबाट आएका मध्ये ६८ जनालाई क्वारेन्टाईनमा राखिको छ भने अन्य घर क्वारेन्टाइनमा रहेको जानकारी प्रजिअ तामाङको भनाइ रहेको छ । विदेशबाट फर्किएर काठमाडौँमा नै बसेकाहरुको सूचि भने जिल्लामा रहेको छैन ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तीहरुलाई सबै स्थानीय तह मार्फत अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्थापन गरेको छ । यदि अटेर गरे संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भएको छ । प्रजिअ तामाङले लक डाउन पूर्ण रुपमा पालना भएको जानाकारी समेत गराउनु भएको छ । उद्योग कलकारखाना बन्द भई अलपत्र परेका मजदुरहरुको लागि गृह मन्त्रालयको अनुमतीमा सावरी पास व्यवस्था गरी आआफ्नो घर जाने वातावरण सिर्जना गरिएको छ । जिल्लामा रहेका ५६ ओटा एम्बुलेन्सलाई २४ सै घण्टा परिचालन गर्न संयुक्त एम्बुलेन्स चालक संघलाई निर्देशन दिने निर्णय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?