logo
२०८१ बैशाख ६ बिहीवार



ओखलढुंगामा विदेशबाट आउनेको धमाधम तथ्यांक लिईदै

खुला |


ओखलढुंगामा विदेशबाट आउनेको धमाधम तथ्यांक लिईदै



ओखलढुंगा समाचारदाता
ओखलढुंगा, चैत १७ गते । ओखलढुंगामा विदेशबाट घर फर्कनेहरुको तथ्याङ्क लिन सुरु गरिएको छ । कोरोनाको संभावित संक्रमण रोक्न विदेशबाट जिल्ला प्रवेश गर्नेको तथ्यांक लिन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको सहयोगमा दैनिकरुपमा विदेशबाट फर्कनेको तथ्यांक संकलन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद भट्टराईले बताउनन भयो । दैनिकरुपमा विहान र वेलुका अपडेट गर्नेगरी स्थानीय तहसँग विदेशबाट फर्किनेको तथ्यांक लिइरहेको र कोरोनाको संभावित संक्रमण हुन नदिन तथ्यांक लिइएको उहाँको भनाई छ ।
दुई सातायता विदेशबाट जिल्ला प्रवेश गर्नेको संख्या १ सय ७ पुगेको छ ।

विदेशबाट फर्कने १०७ मध्ये ५ युवा क्वारेन्टाइनमा रहेका छन् । बाँकी १ सय २ युवालाई होम क्वारेन्टाइनमा राखिएको छ । हालसम्म वैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई कुनैपनि कोरोनासँग सम्बन्धित लक्षण नदेखिएको उहाँको भनाई छ । जिल्लामा हाल सम्म २६ स्थानमा १ सय ७६ शैयाको क्वारेन्टाईन निर्माण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?