logo
२०८१ बैशाख १३ बिहीवार



लकडाउन उल्लंघन गर्नेलाई कारवाही गरिने

खुला |


लकडाउन उल्लंघन गर्नेलाई कारवाही गरिने


प्रकाशचन्द्र भट्टराई
दमौली, चैत १७ गते ।  तनहँुको बन्दिपुर गाउँपालिकाले लकडाउन उल्लंघन गर्ने नागरिकलाई आर्थिक जरिवाना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताउनु भयो । 

गाउँपालिकाले लकडाउनको उल्लंघन गरी समूहमा जम्मा भएर जुवातास खेल्ने र खेलाउनेलाई १० हजार, भलिवल÷फुटबल तथा व्याडटिमन्टन खेल्नेलाई ५ हजार र अनावश्यक रुपमा घरबाहिर हिड्नेलाई एक हजार रुपीयाँ जरिवाना गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताउनु भयो । गाउँपालिकाका विभिन्न वडामा लकडाउन उल्लंघन गरि नागरिकहरु घर बाहिर निस्कन थालेपछि जरिवाना तोकिएको अध्यक्ष थापाले बताउनु भयो । जरिवाना कार्यान्वयनकोलागि प्रहरीको सहयोग लिईने छ ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमणको उच्च जोखिमलाई न्युनिकरण गरी उक्त भाइरसको रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिका अध्यक्ष थापाको संयोजकत्वमा १२ सदस्यीय ‘कोभिड–१९ कमाण्ड पोष्ट’ गठन गरेको छ । कमाण्ड पोष्टद्वारा कोरोनाको संक्रमण सम्बन्धी सचेतना कार्यक्रमका साथै लकडाउन उल्लंगन गर्नेलाई कारवाही गर्ने गाउँपालिकाले जनाएको छ ।

‘कमाण्ड पोष्ट’ टिमलाई एकसय थान व्यक्तिगत सुरक्षाका सामाग्री, २ हजार थान साधारण माक्स, २ सय थान एन–९५ माक्स, ४० लिटर सेनिटाइजर र ३० सेट क्वारेन्टाइन वेड उपलब्ध गराइने भएको छ । यस्तै, गाउँपालिकाभित्र कुनैपनि स्थानबाट कोभिड–१९ का बिरामीलाई उपचार गराउन लानुपर्ने अवस्थामा सम्बन्धित वडाध्यक्षसँग समन्वय गरी उपलब्ध जुनसुकै साधनबाट पनि स्वस्थ्य संस्थासम्म पु¥याउने वातावरण मिलाउन सुरक्षा निकायसंग समन्वय गरिने भएको छ ।

कोरोना संक्रमितहरुलाई सेल्फ क्वारेन्टाइनमा राखि अन्य व्यक्तिहरुमा र्सन नदिने र संक्रमितहरुलाई पनि सुरक्षित स्थानमा राखि संक्रमण पहिचान गर्नका लागि गाउँपालिकाको ज्योती प्राथमिक विद्यालय, देउराली प्राथमिक विद्यालय, शिव माध्यमिक विद्यालय, रत्नराज्य निम्नमाध्यमिक विद्यालय, चन्द्रोदय प्राथमिक विद्यालय र अरुण माध्यमिक विद्यालयमा क्यारेन्र्टाईन बनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?