logo
२०८१ बैशाख ७ शुक्रवार



विपन्न वर्गका नागरिकलाई खाद्यान्न सहयोग

खुला |


विपन्न वर्गका नागरिकलाई खाद्यान्न सहयोग


प्रकाशचन्द्र भट्टराई
दमौली, चैत १७ गते । व्यास नगर युवा सन्जालको संयोजनमा आइतबार व्यास नपा–१२ का विपन्न घर्ती, चेपाङ र तामाङ समुदायका २३ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । व्यास युवा क्लब सन्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सल्लाहकार तथा सामाजिक युवा अभियन्ता लक्ष्मीभक्त खनालले उक्त खाद्यान्न सयुंक्त रूपमा सो सामान हस्तान्तरण गर्नु भएको थियो ।

वितरणकोलागि दमौली निवासी युवा व्यवसायी सुनिल घिमिरे र सुरेश घिमिरेबाट ८ बोरा चामल, श्याम मौरतीबाट ५ बोरा चामल, सन्तोष गोदारबाट ५ बोरा चामल र पोखरा निबासी अर्जुन केसीबाट ५ बोरा चामल, गरि कुल २३ बोरा चामल उपलब्ध गराईएको थियो । दैनिक ज्यालादारी काम गरि जीवनयापन गर्ने र विशेषगरी घरको ढलानमा सामुहिक सहभागी हुने परिवारलाई सो सहयोग गरिएको थियोे ।

कोरोना (कोभिड १९) भाईरसको संक्रमणबाट बच्नको लागी देशनै लक डाउन हुँदा खाद्यान्न सकिएर असहज हुन थालेको गुनासो आएको कारण यस ठाँउमा खाद्यान्न वितरण गरिएको व्यास युवा सन्जालका अध्यक्ष पन्थले बताउनु भयो । हालको आपतकालीन अबस्थामा सबै काम ठप्प हुँदा पनि व्यास नगर क्षेत्र वरपर कसैले पनि भोको पेट बस्न नपर्ने वातावरण बनाउन सहयोग गरिएको पन्थले बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?