logo
२०८० चैत्र १५ बिहीवार



भारतबाट आएका १७० नेपाली सीमापारी रुपैडिहामा अलपत्र

खुला |
फिचर |


भारतबाट आएका १७० नेपाली सीमापारी रुपैडिहामा अलपत्र


सिराज खान
नेपालगञ्ज, चैत १७ गते । भारतले देशभरि लकडाउन गरेपनि त्यसलाई उलंघन गर्दै तीन चारदिन भन्दा बढी समयसम्म पैदल हिंडेर यहाँस्थित नेपाल–भारत सीमापारी रुपैडिहा आईपुगेका १७० नेपालीहरु अलपत्र परेका छन् ।

नेपालमा लकडाउन गरिएको एक साता पुग्न लाग्दा अझै पनि ठुलो संख्यामा नेपालीहरु फर्किरहेका छन् । सोमबार विहान सीमापारी भारतको रुपैडिहा आईपुगेका करिब १७० जना नेपाली बाँकेको जमुनाह हुँदै छिर्नका लागि लामबद्ध भएर बसिरहेका छन् । नेपाली अधिकारीहरुको समन्वयमा उनीहरुलाई नेपाल पठाउने प्रयास भैरहेको भारतीय सीमा बल (एसएसबी)ले जनाएको रुपैडिहाबाट भारतीय पत्रकार सन्तोष शुक्लाले बताउनुभयो ।  सीमापारी अलपत्र परेका नोपलीहरुलाई एसएसबीले चिया नास्ता र पानी खुवाएको पनि पत्रकार शुक्लाले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट फर्कनेहरुले अनेकौं दुःख भोगेर सीमानासम्म पुगेको बताएका छन् । ‘कतै हिडेर त कतै बसको यात्रा गरेर हामीहरु रुपैडिहासम्म आइपुगेका छौं, अब हामीलाई जस्तो सुकै गरेर पनि घरसम्म जाने व्यवस्था नेपाल सरकारले गर्नुपर्छ ।’– सीमापारी रहनु भएका दैलेखका राम बहादुर थापाले फोनमा भन्नुभयो । यसैगरी करिब ५० जना भारतीयहरु पनि सीमावारी नेपालतर्फ अलपत्र परेका छन् । उनिहरुलाई समेत भारत पठाउने तयारी भैरहेको जमुनाह नाकाले जनाएको छ ।
आइतवार पनि दांगबाट आएका २६ जना भारतीय कामदारलाई भारततर्फ पठाईएको थियो ।

सीमापारी रुपैडिहामा रोकिएका नेपालीहको उद्धार गरेर उनिहरुलाई क्वारेन्टाइनमा अनिवार्य राख्नु पर्ने भएकोले सो बारेमा विचार विमर्श भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यसअघि भारतबाट आउनेहरुलाई सम्बन्धित जिल्लाहरुको क्वारेन्टाइनमा राख्ने गरि सम्बन्धित जिल्लातर्फ पठाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो ।
नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले भारतबाट फर्किने नेपालीलाई रोक्न नसकिने र उनीहरु भित्रिदा जोखिम बढिरहेको अवस्था रहेको जनाउँदै सरकारले क्वारेन्टाइनमा अनिवार्य राख्नु पर्ने बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?