logo
२०८० चैत्र १५ बिहीवार



लकडाउनको पालना गराउन सक्रिय हुनथाले युवा

खुला |


लकडाउनको पालना गराउन सक्रिय हुनथाले युवा


जिवछ यादव
लहान,चैत १३ गते । कोरोना भाइरसको उच्च जोखिमलाई रोक्न सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन एक गाँउबाट अर्को गाँउमा जानेहरुलाई रोक्न ग्रामिण भेगका युवाह सक्रिय हुन थालेका छन् ।

लकडाउन भएको पहिलो दिन धेरै ठाँउमा उल्लंघन भए पनि तुल्नात्मक रुपमा दोस्रो र तेस्रो दिन शहरमा मात्रै होइन, ग्रामीण भेगमा पनि प्रभावकारी रुपमा लागु गराउन एक गाँउबाट अर्को गाउँ जानेहलाई युवाहले सानो समूहमा रोक्न यस्तो प्रयास गरेका हुन् ।

सखुवानन्कारकटी गाँउपालिका २ जगतपुर,४ नम्वर वडा सिमराहा र लहान नगरपालिका ९ का युवाहले मोटरसाइकलमा र पैदल जानेहलाई रोकेर घर फर्काएको जगतपुरका युवा गोपाल यादवले बताउनु भएको छ । उहाँको अनुसार चौवाटोमा बाँसले बाटो घेरेर आउने जाने व्यक्तिहलाई एक गाँउबाट अर्को गाँउ जान रोक लगाएको हौ ।

यसैगरी सखुवानन्कारकटीमा जितन मण्डलका अगुवाईमा तीन चार जना युवाका समूहले वाँसले बाटो राकेर आउने जानेलाई घर फर्काएका थिए । लहान ९ मा सन्तोष मण्डलका समूहका युवाहरुले विहानैदेखि आवत जावत गर्नेहरुलाई सम्झाइ बुझाई घर फर्काउने कार्य गरिरहेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाइका अनुसार पहिलो र दोश्रो दिनको तुलनामा लकडाउन शहरी क्षेत्रमा मात्रै होइन,ग्रामीण भेगमा पनि चोक चौतारा सुनसान भएर सबै घरमा बसेर लक डाउनको पालना गरिरहेका जिल्लाको १७ वटै स्थानीय तहहरुपनि आफनो गापा र नापामा जनताहरुलाई साव्ुन पानीको व्यवस्थापन, क्वाराइनटाइन निर्माण र भारत लगायत अन्य देशहरुबाट घर फर्केर आएका कामदारहको रेकर्ड राखेर निगरानी गर्न थालेका छन् ।

एसईई परीक्षा स्थगितपछि सरकारले लकडाउन गरेको खवरले दूर दराज ग्रामीण भेगमा पनि मानिसहरु कोारेना भाइरस संक्रमणबारे बुझने अवगत हुन थाल्नुको साथै गम्भीर भएर लकडाउनको पालनामा लागि सकेको लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले जानकारी दिनुभयो ।

लकडाउनले गरीव दलित वस्तीहरुमा छाक टार्ने मानवीय समस्यालाई ध्यानममा राखेर १७ वटै स्थानीय तहले राहत प्याकेज पुरयाउनुको साथै दैनिक उपभोगका सानाहरु उपलब्ध गराउनेबारे गम्भीर रुपमा स्थानीय तहहरु लागि परेको सिरहा जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जानकारी दिनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?