logo
२०८० चैत्र १६ शुक्रवार



मास्क, सेनिटाइजर निशुल्क बितरण

खुला |


मास्क, सेनिटाइजर निशुल्क बितरण


चित्र मिजार
सिन्धुपाल्चोक, चैत १३ गते । सिन्धुपाल्चोकका बिभिन्न निजि स्वास्थ संस्थाले कोरोना प्रतिरोधी सामाग्री बितरण गर्न थालेका छन् ।

बाह्बिसे नगरपालिका ९ राम्चेमा रहेको कुवेर पोलिक्लिनिक प्रालिले स्थानीयहरुलाई निशुल्क मास्क, सेनिटाइजर, ग्लब्स, एप्रोन बितरण गर्न थालेको छ । बिहीबार सो पोलिक्लिनिकले दुईसय मास्क, दुई सय ग्लब्स स्थानीयलाई निशुल्क सहयोग गरेको छ ।

राम्चे प्रहरी बीटमा स्थानीयको स्वास्थ जाँच गरिरहेका स्वास्थकर्मी र प्रहरीलाई तीन सय ग्लब्स, सेनिटाइजर, मास्क र एप्रोन निशुल्क सहयोग गरेको छ । सो पोलिक्लिनिकका संचालक जीतु प्रधानले लकडाउनमा रहेका स्थानीयलाई स्वास्थमा समस्या नहोस भनेर सहयोग गरेको जानकारी दिनु भयो । मास्क र सेनिटाइजर पाउदाँ स्थानीय सबै खुशी भएको युधिर पोडेलले खुशी ब्यक्त गर्नु भयो । स्वास्थकर्मी जीतुले घरघरमा गएर निशुल्क उपचार पनि दिन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?