logo
२०८० चैत्र १६ शुक्रवार



विदेशबाट फर्केका गाउँ गाउँमा खोज्दै प्रशासन

प्रदेश |


विदेशबाट फर्केका गाउँ गाउँमा खोज्दै प्रशासन


अर्जुन काफ्ले 
स्याङ्जा, चैत्र १२ गते । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को स्याङ्जामा उच्च सर्तकता अपनाइएको छ ।
पहिलो चरणमा सचेतना जगाइएको स्याङ्जामा अहिले बिदेशबाट फर्केकालाई खोज्न प्रसासन गाउँगाउँमा पुगेको हो ।

यहाँ भारत सहित अन्य देशबाट तिन हजारको संख्यामा आफ्नो घरमा आएको सबैलाई खोज्न थालिएको कुरुम्बाङले बताउनुभयो । उहाँले आफ्नो गाउँपालिका भित्र बिदेशबाट आएका संक्रमित भएको भए अरुमा नफैलियोस भन्ने हिसाबले खोजी गर्न गाउँपालिकालाई लगाइएको बताउनुभयो ।

उहाँले अबको एक दुई दिनमा सबैलाई पालिकाले बनाएको क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राखिने बताउनुभयो । अनुमान लगाइएका मध्ये भारतबाट आएका धेरै छन् भने अन्य दुबई, कतार, साउदी, फ्रान्स, इटली लगाएतका देशका रहेका छन् ।

बाहिरी देशबाट आएका अहिले सम्म बिरामी भएको खबर नआएको बताउदै प्रजिअ कुरुम्बाङले वार्ड वार्डबाट पत्ता लगाई १४ दिन सम्म सबैलाई उच्च निगरानीमा राखिने बताउनुभयो ।
स्याङ्जामा १२६ क्वारेन्टाइनमा
महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संक्रमल फैलिएको आशंकामा स्याङ्जामा क्वारेन्टाइमा बस्नेको संख्या एक सय २६पुगेको छ । १३ जना पालिका निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् भने अन्य सेल्फ रक्वारेन्टाइनमा बसको जिल्ला स्वास्थ्यल कार्यालयका प्रमुख यम प्रसाद शर्माले बताउनुभयो ।

अर्जुन चौपारीका भारतबाट आएका छ जना र एक जना कतार गरी सात जना र फेदिखोला भारतबाट तिन जना र चैत्र ४ गते कतारबाट आएका एक जना गरी चार जना र पुतली बजारमा दुई जना पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेको शर्माले बताउनुभयो ।

यस्तै पालिकामा फाराम भरेर स्वास्थ्यकर्मीको निगरानीमा गल्याङ्मा ७७ जना, वालिङ् नगरपालिकामा २२ जना, कालिगण्डकीमा छ जना, आधिखोलमा पाचँ छ जना, बिरुवामा दुई जना, चापाकोटमा दुई जना सेल्प आफ्नै घरमा क्वारेन्टाइनमा रहेको शर्माले जानाकारी दिनुभयो ।

उहाँले बिदेशमा कोरोनाको संक्रमण भएर आएको संकाको आधारमा क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।
पहिलो चरणमा कवारेन्टाइनमा राख्ने र कोरोनाको संकासपद लक्षण देखा परेमा इमेरजेन्सी हेल्थ सेन्टरमा डा राजिब लेक्चनलाई सम्वन्वय गरी स्वाब परिक्षणको लागि टेकु पठाउने बताउनुभयो ।
क्यु आर ६५२ मा आएका तिन जना स्याङ्जामा भेटिए
कतार एयरवेजमा चैत्र ४ गते फ्रान्सबाट आएकी युवतीसगै क्यु आर ६५२ मा आएका स्याङ्जाका छ जना मध्ये तिनजनालाई क्वारेन्टाइनमा राखिएको छ । छ जना मध्ये एक जना फेदिखोला, एक जना भिरकोट र एक जना पुतलीबजारमा प्रहरी, प्रसासन र पालिकाको सक्रियता भेटिएको हो । अन्य तिन जना मध्ये दुई जना पोखरा बसेको र एक जना रुपन्देहीमा रहेको र खोजीलाई तिब्र पारीको प्रहरी प्रमुख एसपी बिमल राज कर्णेलले जानाकारी दिनुभयो । फेला परेकालाई क्वारेन्टाइनमा राखिएको र निजका परिवारलाई निगरानीमा राखिएको कर्णेलले बताउनुभयो ।
कतार एयरवेजमा चैत्र ४ गते फ्रान्सबाट आएकी युवती कोरोना संक्रमितको पुष्टी जिल्लाले खोजी गर्दै भेटाएको हो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?