logo
२०८० चैत्र १६ शुक्रवार



निषेधाज्ञा पछि जुम्ला सुनसान

प्रदेश |


निषेधाज्ञा पछि जुम्ला सुनसान


नेत्र शाही जुम्ला ।
खलङ्गा चैत १२ गते । ‘घरबाट बाहिर ननिक्लनुहोस आफ्नो सुरक्षा आफै गर्नुहोस’ टोलटोलमा सुरक्षाकर्मी र स्थानीय प्रशासनले कोरोनाबाट सडक सडकमा पहरा दिईरहेको छ ।

३ दिन देखी ‘लकडाउन तथा दुई दिन देखी निशेषधाज्ञा जारी गरिएको जुम्लाको सदरमुकाम खलङ्गा अहिले सुनसान छ । सडकमा पहरा दिईरहेको प्रहरी र अत्यावश्यक व्यक्ति वाहेक अरु सवै दुई दिन देखी घरबाट बाहिर निक्लिएका छैनन् । जुम्लाबाट वाहिर जाने गाडि पूर्ण रुपमा बन्द भएका छन् भने बाहिरबाट भने मानिसहरु भित्रिने क्रम बढ्दो छ ।

कोरोनाको जोखीम न्यसनिकरण गर्नका लागी जुम्लामा चैत ९ गते नै लकडाउन घोषणा गरिएको थियो तर कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले मंगलबार निशेषधाज्ञा जारी गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन भन्दै निषेधआज्ञा जारी गरेपछि अहिले सनसान छ । सडकमा प्रहरी मात्रै देखिन्छन् । ः
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जारी एकसाता सम्म गरिएको निषेधआज्ञामा औषधि उपचार, खाद्यन्न आपुर्ति र अत्यावश्क काममा वाहेक वाहिर नसिनस्कन भनिएको छ ।

यसैगरी अनुमति प्राप्त सवारी साधन, सुरक्षा र स्वास्थ्यकर्मीका साधन वाहेक अन्य साधन निषेधआज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिनुभएको छ । यसैगरी प्रमुख जिल्ला अधिकारी बञ्जाडे र प्रहरी नायव उपरीक्षक धामील लकडाउन पछि माईक समातेर जनचेतना दिन टोलटोलामा गईरहेको देखिएको छ ।
बिहान वेलुकी खाद्यन्न र औषधीका लागि खुला ः
स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञामा अतिआवश्यक औषधी र खाद्य बस्तु खरिद गर्ने समय विहान ७ देखी ९ बजे र दिउसो ४ देखी साँझ ६ बजे सम्म समय निर्धारण गरिएको छ । यसैगर हेल्थ डेक्सहरुमा नेपाली सेना समेत खटाईएको प्रजिअ बञ्जाडेले जानकारी दिनुभयो ।

यसैगरी बाहिरवाट जिल्लामा भित्रने व्यक्तिहरु धमाधम आउने भएकाले जाँच गरेर मात्रै घर पठाईने गरिएको छ । जुम्लामा प्रवेश हुने विन्दु नाग्ममा दुई दिनमा जिल्ला वाहिरबाट आउने दुई हजार तीन सय ३५ जनाको तापक्रम मापन गरिएको र अहिले सम्म कसैलाई ज्वरो उच्च नभएको जनाईएको छ ।
कोही पनि व्यक्ति जिल्ला बाहिर बाहिरबाट आउन जाँच गरेर मात्रै घर जान समेत सूचना गरिएको छ भने कसैलाई समस्या भएमा फोन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टोल फ्रि नम्बर समेत उपलब्बध गराएको छ । शिक्षण अस्पतालले कोरोना रोगथामका लागि डा. धिरज गुरुङको नेतृत्वमा रिस्क्यू चिकित्सकीय टोली टोली खटाएर सम्पर्क गर्न समेत भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?