logo
२०८१ बैशाख १४ शुक्रवार



लक डाउन अवज्ञा गर्दै कन्टेनरमा वीरगञ्ज आएका ५२ जना, १० घण्टादेखि कन्टेनरमै

पढ्नै पर्ने |


लक डाउन अवज्ञा गर्दै कन्टेनरमा वीरगञ्ज आएका ५२ जना, १० घण्टादेखि कन्टेनरमै



दिपकप्रसाद गौतम
वीरगञ्ज , चैत १२ गते । लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जनालाई पर्सा प्रहरीले पक्राउ गरी १० घण्टा देखि सोही कन्टेनरमा नै राखिएको छ ।

काठमाडौँमा सामग्री पु-याएर वीरगञ्ज फर्किदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा विभिन्न स्थानबाट चढेर लकडाउनको अवज्ञा गर्दै वीरगञ्ज आईपुगेका बारा र पर्साका ५२ जनालाई गएराति पर्सा प्रहरीले पक्राउ गरी सोही कन्टेनरमा १० घन्टादेखि रोकि राखेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले कन्टेनरमा लुकेर आएकाहरुको थोर्मोकल टेस्ट, आवश्यक सोधपुछ गरिएको अधिकांश पर्सा र केही बारा जिल्लाका रहेका भन्ने खुल्न आएको जानकारी दिनुभयो ।

उनीहरुलाई कन्टेनरमा नै राखिएको छ अब उनीहरुलाई के गर्ने ? घर पठाउने कि क्वारेन्टाईनमा राख्ने भन्ने विषयमा सम्बन्धित निकायहरुसँग छलफल भइरहेको छ अहिले ११ बजेसम्म छाडिएको छैन । कन्टेनरका चालक र सह–चालकलाई भने थुनामा राखेर कारवाही गरिन्छ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो ।

मंगलबार मध्यराती वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको उक्त कन्टेनरमा काठमाडौं, चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थियो ।

त्यस्तैगरी लक डाउनको पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने २९ वटा सवारी साधन नियन्त्रणमा लिई ५/५ सय रुपैया जरिवाना तिराएर साझमात्र छाडिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने करिब २ सय जनालाई नियन्त्रणमा लिई सचेत गराएर छाडिएको उहाँले बताउनु भयो । दोश्रो दिन भने लकडाउनलाई पहिलो दिनभन्दा कडा पारिएकाले वीरगञ्ज बजार सुनसान देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?