logo
२०८१ बैशाख ८ शनिवार



लोकसेवा सेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |


लोकसेवा सेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
 प्रदीप परियार ।
– युवा सशक्तीकरण, दलित एवम् सीमान्तकृत समुदायमा पु¥याएको योगदानका लागि परियारलाई सो अवार्ड प्रदान गरिएको ।
– सो अवार्ड प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने ।
– यसअघि सन् २०१५ मा नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिएको ‘युथ लिडरसिप अवार्ड’बाट पनि परियार सम्मानित हुनुभएको ।
२. राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?
 उमेश राई (ग्यालेक्सी फिटनेस क्लब, झापा) ।
३. नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
 नेपाल गजेट ।
४. विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?
 सन् २०२० मार्च ११ ।
– डब्लुएचओले यसअघि सन् २०२० जनवरी ३० मा कोरोना सङ्क्रमणलाई लिई स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।
– विश्वव्यापी महामारीका रूपमा घोषित कोरोना भाइरस सन् २०२० मार्चको मध्यसम्म एक सय ६० भन्दा बढी देशमा फैलिइसकेको ।
– यो अवधिसम्म विश्वभर कोरोना सङ्क्रमणका कारण सात हजारभन्दा बढीको ज्यान गएको ।
– यो भाइरस एक लाख पचास हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमित भइसकेको ।
– चीनको वुहानमा पहिलोपटक देखिएको यो भाइरस मार्च मध्यसम्ममा त्यहाँ नियन्त्रणोन्मुख रहेको तर यसबेला युरोप सङ्क्रमणको केन्द्रबिन्दु
बन्न पुगेको ।
– चीनपछि इटाली कोरोनाबाट बढी प्रभावित बन्न पुगेको ।
यसैगरी, इरान, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, फ्रान्स, जर्मनीलगायतका देश पनि यसको चपेटामा परेका ।
५. विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० फेब्रुअरी २७ मा कुन–कुन राष्ट्रमा कोरोना भाइरसको जोखिम उच्च रहेको जनाएको हो ?
 नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान ।
– कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले सतर्कता अपनाउन डब्लुएचओले सबै मुलुकलाई अपिल गरेको ।
– सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नका लागि डब्लुएचओले
आह्वान गरेको ।
६. राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?
 विक्रम संवत् २०७६ फागुन २८ ।
७. अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?
 सन् २०२० फेब्रुअरी २९ ।
८. इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?
 सन् २०२० फेब्रुअरी २५ ।
९. सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?
 प्रा.डा. हेमनाथ पौडेल ।
– नेपाल प्रज्ञाप्रतिष्ठानको पद्य÷काव्य विभागले नेपाली कविता÷काव्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो विभागका प्रमुख पौडेललाई उक्त सम्मान र अवार्ड प्रदान गरिएको इनसाइक्लोपेडिया विकिपोइजियाले जनाएको ।
– कविता÷काव्यका क्षेत्रमा काम गर्ने संस्था÷विभागका प्रमुखलाई प्रदान गरिने सो अवार्डबाट यसअघि विश्वभरबाट १६ जना व्यक्तित्व सम्मानित हुनुभएको । प्रा.डा. पौडेल सो सम्मानप्राप्त गर्ने १७औँ व्यक्ति हुनुभएको ।
– इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट दस लाखभन्दा बढी कवि सदस्यका रूपमा समेटिएका ।
१०. नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
 तिलोत्तमा नगरपालिका ।
(शून्य पोलिथिन तिलोत्तमा नगर घोषणासभाबारे जानकारी गराउन विसं २०७६ फागुन २९ मा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जनाइएको ।)
११. राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
 विसं २०७६ फागुन १५ ।
– नेपालमा पहिलोपटक विसं २०२२ मा औद्योगिक गणना गरिएको ।
– प्रत्येक पाँच–पाँच वर्षमा गरिने औद्योगिक गणनाको यो ११औँ
शृङ्खला हो ।
– विगतमा संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय वर्गीकरण (आईएसआईसी) अनुरूप औद्योगिक उत्पादनअन्तर्गत पर्ने उद्योग प्रतिष्ठानहरूमात्र सर्वेक्षण गर्ने गरिएकोमा यसपटक युनिडोको सिफारिसबमोजिम खानी तथा उत्खनन, विद्युत् उत्पादन तथा वितरण, पानी आपूर्ति, फोहोर, व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू पनि समेटिने भएको ।
– विसं २०६९ मा १०औँ औद्योगिक गणना सम्पन्न भएको ।
१२. कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?
 विसं २०७६ चैत २ (सन् २०२० मार्च १५) ।
– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरूद्वारा कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि आपतकालीन कोष घोषणा गरिएको ।
– सार्क सदस्य राष्ट्रका सरकार प्रमुख एवम् उच्च प्रतिनिधिबीच भिडियो कन्फ्रेन्समार्फत कोष घोषणा गरिएको ।
– कोषको कार्यविधि दूतावासमार्फत् विदेश सचिवहरूद्वारा टुंगो लगाइने ।
– भिडियो कन्फ्रेन्समा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको ।
– कोभिड–१९ को रोकथामका लागि भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोट्या छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, श्रीलङ्काका राष्ट्रपति गोटावाया राजपक्ष र पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाको सहभागिता रहेको ।
१३. चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?
 नेपाल पुलिस क्लब ।
– विसं २०७६ चैत २ मा भएको फाइनलमा भारतको सिक्किमस्थित कञ्चनजङ्घा–टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको ।
– उपाधिसँगै पुलिस क्लबले १० लाख नगद राशि र उपविजेताले पाँच लाख प्राप्त गरेका ।
१४. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ–नारिता (जापान) उडान सुरु कहिलेदेखि भएको हो ?
 विसं २०७६ फागुन १९ (सन् २०२० मार्च २) ।
१५. सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?
 समानताको पुस्ताःअन्त्य गरौँ हिंसा, विभेद र असमानता ।
१६. साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?
 विसं २०७६ चैत १
१७. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
 भण्डारखाल पर्व ।
१८. नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?
 किसान ।
१९. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
 रवीन्द्रनाथ टैगोर (भारत) ।
२०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
 मेकियाबेली ।
२१. पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?
 मनाङ–मस्र्याङ्दी क्लब ।
– नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको ।
– प्रतियोगिताको उपाधिसँगै मनाङले १० लाख र पुलिस क्लबले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका ।
– १८आँेै संस्करणसम्ममा मनाङले सर्वाधिक (छपटक) उपाधि विजेताका रूपमा आफ्नो नाम लेखाएको । नौ पटक फाइनलमा पुगेको पुलिसले पाँचपटक उपाधि जितेको ।
२२. शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
 ज्ञानेन्द्र शाह
२३. कोसी सम्झौता विसं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
 विसं २०१६ मङ्सिर १९ ।
२४. आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुुनुहुन्छ ?
 अब्राहम मास्लो ।
२५. पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?
 जर्ज बफन ।
२६. विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरेको विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
 प्रिन्स दाहाल ।
(सो वरियतामा फ्रान्सका क्रिप्टो पापोभ पहिलो स्थानमा रहेका ।)
२७. विश्व नेपाली साहित्य महोत्सवको आयोजना कहिले र कहाँ गरियो ?
 विसं २०७६ फागुन १४–२०, धनगढी (कैलाली) ।
– सम्मेलनले नौबुँदे घोषणापत्र जारी गरेको ।
– सम्मेलनमा विश्वभर रहेका नेपाली भाषी साहित्यकारहरूको
प्रतिनिधित्व रहेको ।
२८. मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?
 लालबाबु राउत (मुख्यमन्त्री, प्रदेश २) ।
– सामाजिक रूपान्तरणका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई प्रत्येक वर्ष होली पर्वका अवसरमा यो उपाधि प्रदान गरिने ।
– यो उपाधि विसं २०६१ देखि प्रदान गरिँदै आएको ।

२९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?
 द्रविड ।
३०. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
 मल्लकालमा ।

प्रस्तुतकर्ता : टङ्क केसी
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?